विभिन्न देशका लागि श्रम र श्रम सहचारीको माग | Khabarhub Khabarhub

विभिन्न देशका लागि श्रम र श्रम सहचारीको माग


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकहरुका लागि काउन्सुलर श्रम र श्रम सहचारी पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो पदहरुमा निवेदन मागको हो ।

मन्त्रालयले दक्षिण कोरिया, कता र मलेसियाका लागि काउन्सेलर श्रम पदमा निवेदन आह्वान गरेको छ । अबुधावी, साउदी अरेबियाको जोद्धा, मलेसियाको क्वालालम्पुर, कुवेतको कुवेत सिटी र ओमानको मस्कटका लागि श्रम सहचारी पदमा निवेदन माग गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वार जारी सूचनामा काउन्सेलर श्रम तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ अनुसार तोकिएबमोजिमको योग्यता पुगेका कर्मचारीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुसूची –२ बमोजिम निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको जनाइएको छ ।

साथै मन्त्रालयले निवेदन फारम मन्त्रालयको वेबसाइटमा सूचना राखेको छ ।

हाल मन्त्रालय मातहत कार्यालयमा कार्यरत २६ जना अधिकृत र करिब एक दर्जन उपसचिव श्रम सहचारी र काउन्सेलर श्रमका लागि मापदण्डअनुसार योग्य रहेको बताएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ५५ बजे

५ एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमाथि १४ गते सुनुवाइ हुने

काठमाडौं – राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई