यी खाद्यपदार्थले खराब कोलेस्टेरोललाई राख्छ नियन्त्रणमा « Khabarhub

यी खाद्यपदार्थले खराब कोलेस्टेरोललाई राख्छ नियन्त्रणमा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा यदि खराब कोलेस्टेरोल (एलडिएल) बढेमा मुटुसम्बन्धी अनेक रोग लाग्न सक्छन् । ज्यादै खतरनाक मानिने एलडिएल कोलेस्टेरोल बढेमा यसले शरीरलाई धेरैखाले नोक्सानी पुर्याउँछ ।

वास्तवमा खानासित हामी जुन चिल्लोपदार्थ (फ्याट) लिन्छौँ, तिनैलाई परिवर्तन गरेर हाम्रो शरीरले कोलेस्टेरोल निर्माण गर्दछ । एलडिएल कोलेस्टेरोल कम गर्नका लागि हामीले सीमित मात्रामा मात्र चिल्लोपदार्थको सेवन गर्नुपर्ने हुन्छ । यसका अलावा खाने बानीमा सुधार गरेर पनि हामी ब्याड कोलेस्टेरोलमा सुधार गर्न सक्छौँ । आफ्नो नियमित खानामा यी ३ पदार्थलाई सामेल गरेर हामी ब्याड कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सक्छौँ ।

चिया (ग्रिन र ब्ल्याक)

नियमित चिया पिउनाले पनि कोलेस्टेरोल नियान्त्रणमा रहन्छ । खराब कोलेस्टेरोललाई नियन्त्रण गर्न ग्रिन टी र ब्ल्याक टी पिउनुपर्ने हुन्छ । ग्रिन टीमा यस्तो एन्टिअक्साइड पाइन्छ, जसले कोलेस्टेरोललाई नियन्त्रणमा राख्दछ ।

दाल

दाल शरीरका लागि निकै फाइदाजनक हुन्छ । खराब कोलेस्टेरोललाई कम गर्ने सबैभन्दा राम्रो फाइबर दालमा पाइन्छ । दालमा प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन र मिनरल्स पाइन्छन्, जसले मुटुलाई स्वस्थ राख्छन् । रहर, मुगीलगायत दालको सेवनले एलडिएल कोलेस्टेरोल कम हुन्छ ।

ओट्स

ओट्सले पनि शरीरमा भएको खराब कोलेस्टेरोलको स्तरलाई नियन्त्रणमा राख्छ । ओेट्समा घुलनशील फाइबर, प्रोटिन र सुगर रहेको हुन्छ । यसमा अधिक फाइबर हुने हुनाले यसको सेवनले कोलेस्टेरोल नियन्त्रणमा रहन्छ र मुटुका मांसपेशीहरू बजबुत हुन्छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ४ : ५३ बजे

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार