चितुवाको छालासहित पक्राउ « Khabarhub

चितुवाको छालासहित पक्राउ


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- प्रहरीले दैलेखमा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बुधबार दिउँसो शाहीको घरबाट सात फिट आठ इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको पाटे चितुवाकोे छालासहित पक्राउ गरेको वलीले बताए ।

उनको घरबाट ९५ वटा चितुवाकोे हड्डीका टुक्रा पनि बरामद गरिएको छ । वन डिभिजन कार्यालय दैलेखका प्रमुख मनबहादुर रावतले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र निमावली, २०३१ अनुसार कारवाही हुने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ६ : १७ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम