साफ महिला च्याम्पियनसिप आज : उद्घाटनमा नेपाल र भुटान भिड्ने « Khabarhub

साफ महिला च्याम्पियनसिप आज : उद्घाटनमा नेपाल र भुटान भिड्ने


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (म‌ंगलबार)देखि शुरु हुँदैछ। विराटनगरमा हुने प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल र भुटान भिड्दैछन् ।

आजको उद्घाटन खेलमै जीत दर्ता गराउने योजनासहित नेपाली टोली मैदानमा उत्रँदैछ । नेपालमा उपत्यका बाहिर हुने पहिलो ठूलो प्रतियोगिता साफ रहेको र यसमा नेपाली टोलीलाई बलियो टीमका रुपमा लिइएको छ ।

शहीद रङ्गशालामा हुने सो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन्।

नेपालले आफ्नो समूह चरणको दोस्रो खेल भने मार्च १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ९ : ०९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी