‘चाइनाको रेल’ खोज्दै सन्दीप र इन्दिरा « Khabarhub

‘चाइनाको रेल’ खोज्दै सन्दीप र इन्दिरा


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो ‘नेपाली तारा’ गायक सन्तोष लामाको स्वर रहेको गीत ‘चाइनाको रेल’ सार्वजनिक गरिएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कृष्ण केसीको शब्द छन् भने हरि लम्सालको संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा हास्यकलाकार सन्दीप क्षेत्रीको अभिनय देख्न सकिन्छ भने इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको पनि नृत्य सुन्न सकिन्छ ।

भिडियोलाई सन्देशजंग रानाले सम्पादन गरेका हुन् भने सुसन प्रजापतिले खिचेका हुन् । क्रिस्टल क्लजको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सन्दीप क्षेत्री र सन्देशजंग रानाले निर्देशन गरेका हुन् ।

गीत निर्माण टिमले भिडियोको कभर भिडियो प्रतियोगिताको घोषणा पनि गरेको छ । गीतको भिडियो बनाउनेमध्ये उत्कृष्ट एकलाई १ लाख ११ हजार र टिकटकमा भिडियो बनाउनेमध्ये उत्कृष्टलाई २२ हजार रुपैयाँ नगद पुरस्कार दिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ५३ बजे

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।