भूकम्पले क्षति पुर्‍याएको सम्पदा बस्ती पुनर्निर्माण गर्न बजेट « Khabarhub

भूकम्पले क्षति पुर्‍याएको सम्पदा बस्ती पुनर्निर्माण गर्न बजेट


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार काठमाडौँ उपत्यकाभित्रका खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौँ) का परम्परागत सम्पदा बस्तीका स्मारक, पार्टी, धारा तथा अन्य संरचना पुनःनिर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

उपत्यका बाहिर नुवाकोटको साततले दरबार क्षेत्र, गोरखाको गोरखा दरबार क्षेत्र तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।

सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनःनिर्माणमा बजेट खर्च हुने जनाइएको छ । “यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ”, निर्देशक प्याकुरलेले भने ।

निर्देशक प्याकुरेलका अनुसार भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ । प्रत्येक क्षेत्रको अध्ययनका लागि रु २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्ष्भित्र रु पाँच करोड बजेट परिचालन हुनेछ ।

“यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ र उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका दरबार क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिनेछ”, उनले भने ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : ०६ बजे

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५