नेपाली युवाका लागि वैदेशिक रोजगारी फेशन बनिरहेको छ– मन्त्री विष्ट « Khabarhub

नेपाली युवाका लागि वैदेशिक रोजगारी फेशन बनिरहेको छ– मन्त्री विष्ट


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाली युवाका लागि पछिल्लो समय वैदेशिक रोजगारी ‘फेशन’ बन्दै गएको बताएका छन् । राष्ट्रिय युवा नेतृत्वले मंगलबार राजधानीमा आयोजना गरेको कार्याक्रम वोल्दै मन्त्री विष्टले देशभित्रै राम्रै काम गरिरहेका युवा पनि जागिर नै छोडेर वैदेशिक रोजगारीमा जाने क्रममा बढीरहेकोमा चिन्त प्रकट गरे ।

देशभित्रै रोजगारीका अवसर निर्माण गरेर श्रमिकको भविष्य सुनिश्चत गर्न सरकारले काम गरिरहेको मन्त्री विष्टले बताए । ‘श्रम मन्त्रालयले श्रमिकको भविष्यसँग जोडिएको सामाजिक सुरक्षा कार्याक्रम सञ्चालनमा ल्याएको छ । वेरोजगारी युवालाई रोजगारी दिन उद्देश्यले अथवा देशभित्रै युवालाई उद्यमी बनाएर बेरोजगारी समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालनमा ल्याएको हो’ मन्त्री विष्टले भने,‘विगतमा वेरोजगार युवा हातमा प्रमाणपत्र बोकेर रोजगारी खोज्न हिँडने गरेका थिए । तर, आज राज्यले नै बेरोजगार युवा खोजेर काम लगाउन तत्पर हुँदै छ ।’

देशभित्रै रोजगारीसँगै आर्थिक समृद्धिका लागि कसरी अगाडि बढने भनेर सरकारले योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।
नेपालमा रोजगारीका धेरै सम्भावना रहेको र अगामी दिनमा सरकारले रोजगारीको पहिचान गरेर युवालाई आन्तरिक श्रम बजारमा व्यवस्थापन गदै लैजाने श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । उनले भने, ‘श्रम मन्त्रालय स्थानिय तहसँग समन्वय गरेर बेरोजगार र रोजगारीका लागि आवश्यक तंथ्याक संकलन गरिरहेको छ । अब, श्रम मन्त्रालयले रोजगारीसँग युवालाई उद्यमी बनाउन योजना लिएको छ ।’
यस्तै नेपालका लागि अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलो) का प्रमुख रिचाड ओवडले नेपालभित्र रोजगारीका धेरै ठूला सम्भावना रहेको बताए ।
पछिल्लो समय सरकारले ऐन नै बनाएर अन्तरिक श्रम बजार व्यवस्थापन गर्नु खोज्नु सकारत्मक भएको उनको भनाइ छ ।
सरकारले देशभित्रको रोजगारीमा युवाको आकर्षण बढाउन बजेटमा नै युवामैत्री र रोजगारका विषेश कार्याक्रम ल्याएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए ।
देशभित्र करिब ४४ प्रतिशत युवा रहेको उनीहरुमध्ये करिब ३० प्रतिशत रोजगारीको खोजीमा विदेशीने गरेको राष्ट्रिय युवा नेतृत्वको अध्ययनमा उल्लेख छ । सवै भन्दा धेरै २१ देखि ३४ वर्ष उमेर समुहका युवा रोजगारीका खोजीमा विदेशिने गरेको नेतृत्वले बताएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : १८ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल