भक्तपुरबाट जन्ती लिएर हेटौँडा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरबाट जन्ती लिएर हेटौँडा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको गढी गाउँपालिकामा जन्ती बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा १७ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको भट्टराईले बताए । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

भक्तपुरबाट जन्ती लिएर हेटौंडा जाँदै गरेको ना ४ ख २२१७ नम्बरको बस गढी गाउँपालिकाको चैनपुर डाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : २८ बजे

‘प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पीएल’  

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी – नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर

टिकटकमाथि प्रतिबन्ध लगाउने कानून रोक्न ट्रम्पको आग्रह

एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २०

सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत

घोडाघोडी – कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, सत्ता गठबन्धन पूरै अवधि जान्छ : पराराष्ट्रमन्त्री

धनगढी– पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार ढल्ने हल्लाका पछि