मन्त्री फेर्ने विषयमा ओली–प्रचण्डबीच छलफल « Khabarhub

मन्त्री फेर्ने विषयमा ओली–प्रचण्डबीच छलफल


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको छ ।

मंगलबार विराटनगर पुगेका प्रचण्डले आफू मन्त्रिमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री अ‍ेलीसँग कुरा गरेर आएको बताए ।

‘आज विहान मात्र प्रधानमन्त्रीसँग मन्त्रिमण्डल हेरफेरका बारेमा कुरा भएको थियो’ प्रचण्डले भने,‘ हेरफेरको कुरा प्रधानमन्त्रीले कसरी हिसाव गर्नु भएको छ त्यसमा भर पर्छ ।’
प्रधानमन्त्री ओलीले मन्त्रीहरुको काम कारवाहीलाई हेरिरहेको भन्दै प्रचण्डले त्यसको आधारमा मन्त्रिमण्डल पुनर्गठन हुने बताए ।

‘म हेरिहेको छु,’ प्रधानमन्त्री ओलीले आफूलाई भनेको बताउँदै प्रचण्डले भने,‘दुई अध्यक्षका बीचमा सल्लाह गरेर गर्ने पर्‍यो भने हेरफेर हुनुपर्छ । तर अहिले हतारो छैन भन्ने भयो ।’

यो प्रधानमन्त्रीको कार्यक्षेत्र भएको बताउँदै प्रचण्डले आफूले प्रधानमन्त्रीलाई उहाँको मूलायांकनका आधारमा गर्न सल्लाह सुझाव दिएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली