‘शुभ लभ’ मा ज्योतिष हरिहरको पीडा पोखियो | Khabarhub Khabarhub

‘शुभ लभ’ मा ज्योतिष हरिहरको पीडा पोखियो


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘शुभ लभ’ को गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीती भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा विशाल निरौलाको स्वर, संगीत र शब्द छ भने वनिष शाह र भुपेन्द्र अधिकारीले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा फिल्मका मुख्य नायक हरिहर अधिकारीलाई पीडामा परेको देखाइएको छ । हरिहरको अपोजिटमा कृष्टिन पौडेल छिन् ।

राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्तोला, सूर्य थापा, नम्रता सिम्खडा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् ।

फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । यस्तै धर्मराज शर्मा सुवेदीले फिल्म निर्माण गरेका हुन् ।

अभिमन्यु निरवीको स्किृप्ट तथा संवाद रहेको यो फिल्म चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ५८ बजे

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर

अस्ट्रेलियासँगको टेस्टमा वेस्ट इन्डिज २७ रनमा समेटियो

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा शानदार जित हात