विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएर किन विदेश गए गृहमन्त्री ‘बादल’ ? « Khabarhub

विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएर किन विदेश गए गृहमन्त्री ‘बादल’ ?


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेसँगै गृहमन्त्री रामबहादुर थापा विदेश भ्रमणका लागि निस्किएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भन्दै प्रतिवन्ध लगाएको थियो ।

गृहमन्त्री समेत रहेका थापाले केही दिन यता विप्लव समूहले विध्वसं मच्चाएको र यस्तो छुट कसैलाई नभएको बताउँदै आएका थिए ।

गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आज(मंगलबार) अष्ट्रिया प्रस्थान गरेका छन् ।

अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्ग्दिर्नेशन तय गर्नेछ । बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुहुने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : २६ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह