विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो समात्छौं– प्रहरी प्रवक्ता | Khabarhub Khabarhub

विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो समात्छौं– प्रहरी प्रवक्ता


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । प्रतिवन्ध लगाएसँगै उक्त पार्टीको नाममा कुनै कार्यक्रम तथा गतिविधी सञ्चालन गरे प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्ने जनाएको छ ।

\नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले खबरहबसँग कुरा गर्दै अहिलेसम्म विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको आधिकारीक जानकारी नआएको बताए । उनले भने,‘अहिलेसम्म आधिकारिक जानकारी आएको छैन, आएपछि उनीहरुले कुनै पनि गतिविधि गर्न पाउने छैनन् । ’

प्रवक्ता सुवेदीले विप्लव नेतृत्वको नेकपाले भेला, आमसभा गरे सोझै पक्राउ गर्ने बताए ।

‘आपराधिक क्रियाकलामा आधारमा हिजोसम्मा खोजताल गरिंदै आएको थियो भने अब उक्त पार्टीका नाममा कुनै गतिविधि भए÷ गरिएमा सोझै पक्राउ गर्छौं’ सुवेदीले भने ।

उनले विप्लवका नेता कार्यकर्ताको नाम वारेन्ट र खोजीमा राखिने बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ३९ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा