आज दिल्लीले कोलकाताको सामना गर्दै, टोलीमा पर्लान् सन्दीप ? « Khabarhub

आज दिल्लीले कोलकाताको सामना गर्दै, टोलीमा पर्लान् सन्दीप ?


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रबार (आज)  नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी टोली दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल कोलकाताको इडेन गार्डेन रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ ।  दिल्लीका सुरुवाती २ खेलमा टिममा नपरे पनि त्यस यता चार खेलमा लगातार खेलेर सन्दीपले ५ विकेट लिएका छन् ।

आज उनी टोलीमा पर्लान् या नपर्लान् कौतुहलताको विषय बनेको छ ।

एकातर्फ आईपीएलमा सन्दीपको प्रदर्शन औसत रहेको हुँदा आजको खेलमा पनि सन्दीपलाई दिल्लीले मैदानमा उतार्ने सम्भावना देखिन्छ भने अर्कोतर्फ यसअघि भएको रोयल च्यालेन्जर्स बैंग्लोरबिरुद्धको खेलमा उनले ४६ रन खर्चेका कारण पर्ने सम्भावना कम रहेको आकलन समेत गर्न थालिएको छ ।

६ खेलबाट ४ जित र २ हारको नतिजासहित ८ अंक बनाएको कोलकाता लिगको दोस्रो स्थानमा छ भने समान खेलबाट ३ जित र ३ हारको नतिजासहित ६ अंक जोडेको दिल्ली छैटौं स्थानमा छ । दिल्ली चौथो जितको खोजीमा रहनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ५७ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स