खरका छाना हुनेलाई जस्ता उपहार « Khabarhub

खरका छाना हुनेलाई जस्ता उपहार


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।

खरका छाना रहेका नागरिकलाई वर्षेनी छाउनुपर्ने समस्या हटेको छ । लामीचौतारीका कर्णबहादुर गुरुङ जस्तापाता पाएपछि वर्षेनी घर छाउनुपर्ने पिरलो हटेकामा खुशी छन् । खर, डाँडाभाटा, दक्ष कामदारको अभाव, खर्च बढी हुने, वर्षायाममा पानी चुहिने समस्या हट्ने हुँदा उनमा खुशी छाएको हो । खर डाँडाभाटाको समस्या, दैनिक ज्याला ६ सयभन्दा बढी र कामदारको अभावमा वर्षायाममा पानी छिरेर बस्न नसकिने बाध्यताबाट मुक्ति मिलेको छ ।

लामीचौतारीका कर्णबहादुर गुरुङ, कुसुमडाँडाका दलबहादुर घर्ती, जेदे सार्की, इन्दबहादुर सार्की, रणवीर सोमै, राधा न्यौपाने, धनबहादुर रोका, मनवीर छहरीलगायतका घरपरिवारलाई कर्कट जस्तापाता हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्रदेश नं ५ का प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, वडाध्यक्ष श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरे।

गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिकाभित्रका प्रत्येक वडाका छ घरपरिवारका खरका छाना विस्थापित गरी कर्कटपाता लगाउने योजना रहेको बताए । चालू आर्थिक वर्षमा २० लाख लगानीमा ४२ खरका छाना रहेका घरमा जस्तापाता सहयोग गर्ने कार्यक्रम रहेको अध्यक्ष घर्तीले जानकारी दिए । गाउँपालिकाको वडा नं १ मा १ सय र २ मा ४० घरमा खरका छाना छन् । गाउँपालिका रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको छ । यो गाउँपालिकामा तीन हजार ९ सय ८८ घरधुरी छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ८ : ०३ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव