खरका छाना हुनेलाई जस्ता उपहार « Khabarhub

खरका छाना हुनेलाई जस्ता उपहार


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।

खरका छाना रहेका नागरिकलाई वर्षेनी छाउनुपर्ने समस्या हटेको छ । लामीचौतारीका कर्णबहादुर गुरुङ जस्तापाता पाएपछि वर्षेनी घर छाउनुपर्ने पिरलो हटेकामा खुशी छन् । खर, डाँडाभाटा, दक्ष कामदारको अभाव, खर्च बढी हुने, वर्षायाममा पानी चुहिने समस्या हट्ने हुँदा उनमा खुशी छाएको हो । खर डाँडाभाटाको समस्या, दैनिक ज्याला ६ सयभन्दा बढी र कामदारको अभावमा वर्षायाममा पानी छिरेर बस्न नसकिने बाध्यताबाट मुक्ति मिलेको छ ।

लामीचौतारीका कर्णबहादुर गुरुङ, कुसुमडाँडाका दलबहादुर घर्ती, जेदे सार्की, इन्दबहादुर सार्की, रणवीर सोमै, राधा न्यौपाने, धनबहादुर रोका, मनवीर छहरीलगायतका घरपरिवारलाई कर्कट जस्तापाता हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्रदेश नं ५ का प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, वडाध्यक्ष श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरे।

गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिकाभित्रका प्रत्येक वडाका छ घरपरिवारका खरका छाना विस्थापित गरी कर्कटपाता लगाउने योजना रहेको बताए । चालू आर्थिक वर्षमा २० लाख लगानीमा ४२ खरका छाना रहेका घरमा जस्तापाता सहयोग गर्ने कार्यक्रम रहेको अध्यक्ष घर्तीले जानकारी दिए । गाउँपालिकाको वडा नं १ मा १ सय र २ मा ४० घरमा खरका छाना छन् । गाउँपालिका रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको छ । यो गाउँपालिकामा तीन हजार ९ सय ८८ घरधुरी छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ८ : ०३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले