आठौं राष्ट्रिय खेकलकूद–आज नौ खेल हुने « Khabarhub

आठौं राष्ट्रिय खेकलकूद–आज नौ खेल हुने


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आज नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भइसकेको छ ।

आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

आजै दाङको घोराही कभर्ड हलमा टेबलटेनिस, बास्केटबल, कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हक्की, नेपालगञ्जको कभर्ड हलमा फेन्सिङ, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी वैशाख ५ गते हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।

आठौँ राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकूदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टोली पनि पहिलोपटक सहभागी हुँदैछ । प्रतियोगितामा महिला पुरुष गरी पाँच हजार २११ खेलाडीले ३७२ स्वर्ण, त्यति नै रजत र ५६३ कास्य पदकका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ११ : ०६ बजे

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ

बुर्का लगाएर विरोध गरेकी अस्ट्रेलियाली सिनेटर निलम्बित

एजेन्सी– राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै

एनपीएल-२ : सबैभन्दा बढी विकेट सन्दीपको नाममा, रन जोड्ने मार्क वाट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को १०

प्रधानमन्त्रीलाई मिराजको चेतावनी : जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट सरकारलाई छैन

काठमाडौं- विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेन-जी

मिराज ढुंगाना नेतृत्वको समूहलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज