नेपालद्वारा सिंगापुरसामू २८३ रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा सिंगापुरसामू २८३ रनको लक्ष्य प्रस्तुत


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– मलेसियामा जारी आईसीसी यु—१९ विश्वकप क्रिकेटको एसिया छनोेटमा नेपाली युवा टोलीले सिंगापुरको युवा टोलीलाई २सय८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको एससीटी मैदानमा भएको खेलमा टस हारेर पहिलो याटिङको निम्तो पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनाएको हो ।

नेपालका ओपनिङ ब्याट्सम्यान रित गौतम १ र उनको स्थानमा मैदान प्रवेश गरेका आसिफ शेख ८ रनमा आउट भएपछि दबाबमा रहेको नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेल र अर्का ओपनिङ ब्याट्सम्यान पवन सरार्फबीचको इनिङले नेपाली टोलीले सम्मानजनक लक्ष्य प्रस्तुत गरेको हो ।

१ सय ५ बलको सामना गरेका कप्तान रोहित कुमार पौडेलले ९५ रन बनाए भने पवन सरार्फले ४७ रन बनाएका थिए । त्यस्तै, नेपालका बलिङ अलराउण्डर राशिद खानले ४८ रन बनाए भने अर्का बलिङ अलराउण्डर कमलसिंह ऐरीले ३१ रन र भीम सार्कीले २६ रन बनाएका थिए ।

यस्तै, नेपालविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरका लागि अर्थव गुनेले ४ विकेट लिए भने राउल शर्मा र भिनित मेहताले समान २—२ विकेट लिए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ११ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका