प्रिमियरमा गरियो सुहानाको अभिनयको तारिफ « Khabarhub

प्रिमियरमा गरियो सुहानाको अभिनयको तारिफ


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ को बिहीबार काठमाडौंको कुमारी हलमा ग्रान्ड प्रिमियर गरियो । प्रिमियरमा फिल्म हेरिसकेपछि झरना थापाकी सुपुत्री सुहाना थापाको कामको खुलेर तारिफ गरिएको छ ।

फिल्ममा सुहानाले ‘आर्या’ को भूमिका निभाएकी छिन्, जो गायकको चरित्र निभाएका अनमोल केसीकी फ्यान हुन्छिन् । फिल्ममा उनले निभाएको भूमिका र गरेको अभिनयको खुलेर तारिफ गरिएको छ ।

समीक्षक तथा फिल्मकर्मीले पनि डेब्यु फिल्म भएर पनि अभिनयका हिसाबले उत्कृष्ट अभिनय गरेको प्रतिक्रिया दिए ।

सुहानाले डेब्यु गरेको यो फिल्मलाई आमा झरना थापाले निर्देशन गरेकी हुन् । निर्देशक झरनाले पनि आफ्नी छोरी सुहानाको अभिनयको तारिफ गर्दै आइरहेकी थिइन् ।

‘ए मेरो हजुर ३’ सुहानाको होम प्रोडक्सनको फिल्म हो । योसँगै सुहानाले नेपाली फिल्म उद्याेगमा क्षमतावान् नायिकाका रुपमा आफूलाई उभ्याएकी छिन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १२ : ३३ बजे

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले