काम गर्न भारत गएका १६५ बेपत्ता « Khabarhub

काम गर्न भारत गएका १६५ बेपत्ता


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको तथ्याङ्क सार्वजनिक गरेको हो । निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रमअन्तर्गत ती जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर बेपत्ता भएकाको तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताए ।

रोजगारीका लागि स्थानीयवासी वर्षेनी भारत जाने तथा त्यहीँबाट फर्केर नआउने गरेका कारण बेपत्ता हुनेहरु बढ्न थालेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाको बारेमा यकिन विवरण बुझ्ने काम भइरहेको जानकारी दिए।

‘निड्स नेपालले १६५ जना बेपत्ता भए भनेर सार्वजनिक गरेपछि, खास कुरो के हो भनेर हामीले पनि आफ्ना तर्फबाट बुझने काम गरेका छौँ’, उनले भने, ‘बेपत्ता भएकाको कारण र विवरण बुझेर खोजीमा लाग्नेछौँ ।’ कामका लागि भारत गई बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउँदा उनीहरुका घरपरिवार दिनहुँ चिन्तित बन्न थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले भारतमा कामका लागि गएर बेपत्ता भएकाका घरपरिवारले खोजी गर्नका लागि निवेदन दिने गरेको बताए । प्रहरी नायब उपरीक्षक धामीले भने, ‘बेपत्ता भएकाको खोजीका लागि निवेदन त पर्ने गरेको छ तर भारतको कुन ठाउँबाट बेपत्ता भए सो कुराको जानकारी नहुँदा खोजीका लागि अप्ठेरो हुने गरेको छ ।’

भारतमा बेपत्ता भएको वर्षौँ बिति सक्दा समेत कुनै खबर नआउँदा यहाँका कतिपयले ती आउने कुरामा आश मारिसकेको जोरायल गाउँपालिका–५ की ठग्गा विष्टले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : २२ बजे

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन