सिंगापुरविरुद्ध नेपालको शानदार जीत, नेपाल २ सय १७ रनले विजयी « Khabarhub

सिंगापुरविरुद्ध नेपालको शानदार जीत, नेपाल २ सय १७ रनले विजयी


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोेटमा नेपाली युवा टोलीले विजयी शुरुवात गरेको छ ।

बिहीवार भएको पहिलो खेलमा नेपाली युवा टोलीले सिंगापुरमाथि २ सय १७ रनको शानदार जीत हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो ।

सिंगापुरविरुद्ध नेपाली युवा बलर हावी देखिए । जसमा पवन सर्राफ, कुसल मल्ल र सूर्य तामाङले उत्कृष्ट बलिङ गर्दै सिंगापुरको ब्याटिङ अर्डर कमजोर बनाएका थिए । यस्तै, सिंगापुरका लागि इशान सवानेले सर्वाधिक २८ रन बनाए भने साईभेन्यु गोपालले १८ रन बनाउनु बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् ।

सिंगापुरविरुद्ध नेपालका सर्राफले ३ विकेट लिए भने मल्ल र तामाङले समान २—२ विकेट लिँदा राशिदले १ विकेट लिएका थिए ।
यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र ओपनिङ ब्याट्सम्यान पवन सर्राफले नेपालको ब्याटिङ इनिङ सम्हालेका थिए ।

कप्तान पौडेलले १ सय ५ बलको सामना गर्दै ९५ रन बनाएका थिए भने पवन सर्राफले ४७ रन बटुले । त्यस्तै, नेपालका बलिङ अलराउण्डर राशिद खानले ४८ रन बनाए भने अर्का बलिङ अलराउण्डर कमलसिंह ऐरीले ३१ र भीम सार्कीले २६ रन बनाएका थिए ।

यस्तै, नेपालविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरका लागि अर्थभ गुनेले ४ विकेट लिए भने राहुल शर्मा र विनित मेहताले समान २—२ विकेट लिएका थिए ।

नेपालले आफ्नो दोस्रो खेल भोलि(शनिवार) युएई विरुद्ध खेल्दै छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको