यो वर्ष कामका लागि ४ लाख नेपाली विदेशिए, ७ सय ८२ ले ज्यान गुमाए « Khabarhub

यो वर्ष कामका लागि ४ लाख नेपाली विदेशिए, ७ सय ८२ ले ज्यान गुमाए


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७५ सालमा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेका छन् ।

यो वर्ष संस्थागत श्रम स्वीकृति लिएर २ लाख २८ हजार २ सय र व्यक्तिगत २ लाख २२ हजार ३ सय गरी ४ लाख ५० हजार युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

२०७५ सालमा घर विदामा आइ पुनः श्रम स्वीकृति लिएर २ लाख ६७ हजार २ सय जना स्वदेश फर्किएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति गरी जम्मा साँढे ७ लाख १७ हजार युवा विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष १ लाखभन्दा धेरै महिला पनि वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

२०७५ मा नेपाली युवाको रोजगार गन्तव्य देश कतार बनेको छ । यो वर्ष सवैभन्दा धेरै नेपाली रोजगारीका लागि श्रम स्वीकृति लिएर कतार गएको विभागले जनाएको छ । यो अवधिमा संस्थागत र व्यक्तिगत गरी करिब ९० हजार युवा रोजगारीमा गएका छन् ।

कतारपछि यूएई धेरै नेपाली कामदार रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ । संस्थागत र व्यक्तिगत गरी करिब ७० हजार नेपाली यूएई कामको खोजीमा पुगेका छन् ।

कतार र युएईपछि साउदी अरब नेपाली युवाको रोजाइमा परेको छ । साउदीमा यो वर्ष ६० हजार रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकमा छ ।

गत जेठ महिनादेखि बन्द मलेसिया पनि २०७५ मा ३० हजारभन्दा धेरै नेपाली रोजगारीका लागि गएको विभागको तथ्यांकमा छ ।

यस्तै, दक्षिण कोरिया, बहराइन, कुवेत, ओमन, जोर्डनलगायतका देशमा कामको खोजीमा श्रम स्वीकृति लिएर नेपाली युवा गएको विभागको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या विगतका वर्षमा जस्तै तुलात्मक रहेको वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानथा गुरागाईँले बताए । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या मासिक रुपमा घटबढ हुने गरेको गुरागाईँको भनाइ छ ।

गत वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या भने घटेको छ । गत वर्षको यो अवधिमा संस्थागत करिब ३ लाख युवा वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

२०७४ को तुलनामा यो वर्ष ५० हजार कम कामदार वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो समय व्यक्तिग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो छ ।

विदेशमा ७ सय ८२ जनाले ज्यान गुमाए 

२०७५ सालमा वैदेशिक रोजगारीमा गएका ७ सय ८२ जनाले रोजगारदाता देशमा विभिन्न कारण ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले २०७५ सालमा ७ सय ५९ जना पुरुष र २३ महिला गरी ७ सय ८२ जनाले ज्यान गुमाएको जनाएको छ ।

यो वर्ष सवैभन्दा धेरै मलेसिया रोजगारीका लागि गएको नेपाली कामदारले ज्यान गुमाएका छन् । मलेसियामा २ सय ५० जना पुरुष र ३ जना महिला गरी २ सय ५३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

मलेसियापछि रोजगारीका लागि साउदी पुगेका धेरै नेपाली कामदारले ज्यान गुमाएका छन् । साउदीमा १ सय ९९ जना रोजगारीका लागि भएको नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

यसैगरी कतारमा १ सय ३१ जना, युएईमा ८२ जना पुरुष र १० महिला गरि ९३ जना, कुवेतमा ३७ जना, बहराइनमा १२ जना, दक्षिण कोरियामा १९ जना पुरुष र १ महिला गरि २० जना, ओमनमा ४ पुरुष र १ महिला गरि ५ जना, जापानमा २ जना र अन्य देशमा गरी ७ सय ८२ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । यी सवै मृतकको शव नेपाली झिकाइएको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ०८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु