टेलिकमको सेवा गुणस्तरीय बनाउन मन्त्री बाँस्कोटाको निर्देशन « Khabarhub

टेलिकमको सेवा गुणस्तरीय बनाउन मन्त्री बाँस्कोटाको निर्देशन


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्‍याउनुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए ।

उनले  ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम प्रविधिमा सेवाग्राहीले चाहे जस्तो सुविधा लिन नसकेको आरोप लगाए ।

आफ्नै शानदार भवन, उपकरण, टेक्नोलोजी, जनशक्ति हुँदा हुँदै समेत सवै नेपालीले अझै सेवा पाउन नसक्नु दुःखद रहेको उनले तर्क गरे ।

कार्यक्रममा नेपाल टेलिकम क्षेत्रीय कार्यालय विरगंजका निर्देशक अमलेन्दु नारायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक दिल्लीराम अधिकारीले सवै नेपालीसमक्ष गुणस्तरीय रुपमा नेपाल टेलिकम सेवा र पहुँच पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ५ : ३४ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको