प्रदेश १ को नामाकरण वैशाखमाः मुख्यमन्त्री राई « Khabarhub

प्रदेश १ को नामाकरण वैशाखमाः मुख्यमन्त्री राई


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानून र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया उनले प्रदेश सरकार गठन भएको एक वर्षसम्मको अवधि अनुभवको वर्ष भएको बताए । ‘अबको वर्ष संघीयताको जग निमार्णको वर्ष हो’, उनले भने । मुख्यमन्त्री राईले संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिवले कार्यान्वयन हुन नदिएको बताए ।

उनले अन्तरप्रदेश परिषद् बैठकले निर्णय गरेका २९ बुँदे संघीयता सहजीकरण कार्ययोजना हुन सके प्रदेश सरकारले सहज र तीव्र गतिमा काम गर्ने बताए ।

प्रदेशको राजधानीको नामकरण र राजधानीको विषय विगतका समयमा केन्द्रले टुङ्ग्याउन नसक्दा प्रदेशको थाप्लोमा भार थोपर्दा विलम्ब भएको उनको भनाइ थियो ।

‘प्रदेश १ को नामकरण र राजधानीको विषय आगामी वैशाखमा टुंगो लाग्छ’, मुख्यमन्त्री राईले भने। पर्याप्त स्रोतसाधन नहुँदा स्थानीय तहमा गठन भएको न्यायिक समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनले धारणा राखे ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ८ : ०४ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ