निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू « Khabarhub

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगले धातु, काठ वा अन्य यस्तै सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढ्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा केही दल तथा उम्मेदवारले प्रचारप्रसारका क्रममा भौतिक रूपमा बनाइएको निर्वाचन चिह्न बोकेर हिँड्ने गरेको सूचना तथा गुनासो प्राप्त भएको उल्लेख छ । यसले जनसमुदायको शान्ति र सुरक्षामा प्रतिकूल असर पर्न सक्ने भएकाले त्यस्ता सामग्री प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार निर्वाचनका लागि दल र उम्मेदवारलाई वितरण गरिने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था रहेको छ। त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार दल र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची–३० र अनुसूची–३१ मा उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) अनुसार दलको झण्डा र चुनाव चिन्हको मापदण्ड तोकिएको छ। आयोगले उक्त मापदण्डअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गरी प्रचारप्रसार गर्न सकिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १० : ५३ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास