आगामी बजेटमा कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने ! « Khabarhub

आगामी बजेटमा कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने !


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ । आगामी आवको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ । मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ । तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।

कर्मचारीको तलब वृद्धि तीन वर्षदेखि भएको छैन । बजारको महंगीअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन । तीन वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएकाले यसपटक बढ्ने सरकारकै उच्च अधिकारीले बताउँदै आएका छन् । सामाजिक सुरक्षाको रूपमा रहेको वृद्धवृद्धाको भत्ता पनि यसपटक करिब १ हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आगामी बजेटमा वृद्धभत्ता बढ्ने घोषणा गरिसकेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले हरेक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार आगामी आवको बजेट ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएसँगै अहिले अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयका कर्मचारी व्यस्तताका साथ बजेट निर्माण कार्यमा जुटेका छन् । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षलाई समृद्धिको जग हाल्ने वर्षका रूपमा लिएको बताउँदै आएका छन् । आगामी आवदेखि समृद्धिको जगमा इँटा थप्ने काम गर्नुपर्ने भएकाले पनि आगामी बजेट निकै मेहनतका साथ बनाउनुपर्ने अर्थविद्हरूको सुझाव छ ।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङअनुसार यतिबेला आगामी आवका लागि करिब १५ खर्बको बजेट ल्याउने तयारीमा अर्थका अधिकारीहरू जुटिरहेका छन् । बजेट अधिवेशनका रूपमा संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन गत २० वैशाखबाट शुरु भएको छ । सोही अधिवेशनभन्दा केही दिनअघि सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिसकेको छ ।

सोही नीति तथा कार्यक्रमको आधारमा आगामी नयाँ बजेट निर्माण गरिने अर्थ मन्त्रालयको भनाइ छ । प्रदेश सरकारले १ असारमा र स्थानीय तहले १० असारभित्र बजेट ल्याउने प्रावधान छ ।

पछिल्लो समय नेपालको आर्थिक विकास तीव्र गतिमा भइरहेको छ । पछिल्लो दुई वर्षमा आर्थिक वृद्धिको गति केही उच्च छ । राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको १५औं योजनाको आधारपत्रअनुसार आगामी आवको आर्थिक वृद्धिको लक्ष्य ८ दशमलव ५ प्रतिशत छ । चालू आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत राखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : ४७ बजे

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य