कतार च्यारिटी र कतार एयरवेजले बाढ्यो २ सय परिवारलाई खाद्यान्न « Khabarhub

कतार च्यारिटी र कतार एयरवेजले बाढ्यो २ सय परिवारलाई खाद्यान्न


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अरेबिक क्यालेन्डरको रमजान महिना सम्पूर्ण जगतका लागि अत्यन्त पुण्य कमाउने अवसर हो। यस महिनामा बिशेषगरि मुस्लिम समुदायका संघ संस्था तथा व्यक्तिहरुले सकेसम्म धेरै सामाजिक कार्य गर्ने गर्दछन।

यहि समयको सदुपयोग गर्दै कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाडौंका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन। ‘रमजान फूड प्याकेट डिस्ट्रीब्यूशन’ कार्यक्रम अन्तर्गत गरीब, विधुवा, अनाथ, असहाय पीडित घरपरिवारलाई प्राथमिकता दिएर प्रति परिवार २५ केजी चामल ,५ केजी पिठो, ३ केजी चना , ३ केजी चीनी ,५ लीटर तेल र १ केजी नुन सहितको खाद्यान्न सामग्री वितरण गरिएको छ।

कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले बिपन्न परिवारका केहि आवश्यकता भएपनि पुरा हुने बताए। दशैं तिहार, रमजान, इद जस्ता चाडपर्वमा सबैका आ आफ्ना आवश्यकता हुने बताउदै ति आवश्यकता पुरा हुन नसक्दा कहिलेकाहीं मानिसले चोरी डकैति गर्न समेत पछि नपर्ने भएकाले हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको शेखले बताए।

अरब देशको सबै भन्दा ठुलो दातृ निकाय कतार च्यारिटीले कतार एयरवेजको सहकार्यमा ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए। कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्री म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो ।

कतार च्यारिटीले बिगत दुई बर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ। च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, बिद्यालयहरुमा चर्पी लगायतका आवश्यक पूर्वधार निर्माण, कम्जोर आर्थिक अवस्था भएकालाई बिभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ।

च्यारिटीले केहि महिनाअघि मात्रै मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजि परिचलान गर्न सक्ने क्षमता विकास गर्नलाई काठमाण्डौका बिपन्न परिवारहरुलाई पसल खोलिदिएको थियो।

च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर—समानहरु हस्तान्तरण गरेको छ।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो। त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो।

अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । दुई बर्षअघि मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ८ : ३३ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन