समानुपातिकका विजेता छान्दै रास्वपा, थाल्यो आन्तरिक छलफल « Khabarhub

समानुपातिकका विजेता छान्दै रास्वपा, थाल्यो आन्तरिक छलफल


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूचीमा को कोलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफल जारी छ। 

पार्टी सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह, सहित दुई उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले र विज्ञ टिम सहितको समूहले समानुपातिकमा पठाउने नामहरूको विषयमा छलफल गरिरहेको हो।

पार्टी सभापति रवि लामिछाने अस्वस्थताका कारण सार्वजनिक कार्यक्रममा ननिक्लिए पनि भर्चुअल र घरमै बैठक राखेर समानुपातिकको नाम पठाउने विषयमा छलफल गरिरहेका छन्।

पार्टीका शीर्षस्थ नेताका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार बेलुकासम्ममा एक चरणको बैठक राख्ने तयारी गरेको छ। यदि नमिलेको खण्डमा शनिबार सचिवालय बैठक र केन्द्रीय समिति बैठक राख्ने अवस्था रहेको ती नेताको भनाइ छ।

समानुपातिकको विवरण  विवेकशील साझासँगै बालेन्द्र शाह निकट नेता र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई समेटेर बुझाउनुपर्नेछ।
बिहीबार नै निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उममेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।

आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४-४ सिट पाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १२ : ०६ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित