गोरखामा डा. बाबुरामको पार्टीमा भुइचालो, केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश | Khabarhub Khabarhub

गोरखामा डा. बाबुरामको पार्टीमा भुइचालो, केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेसँगै नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले धमाधम पार्टी छोड्न थालेका छन् ।

गत साता दुई पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपनि त्यसमा असन्तुष्टि जनाउँदै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका धेरै नेता कार्यकर्ताले पार्टी छोडेका छन् ।

यसैबीच पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हुँदै गएको पार्टी परित्याग गर्नु परेको उनीहरुको भनाइ छ ।

पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा प्रकाश कुँवर, जङ्ग गुरुङ, नारान पुलामी, नरेश बराम, अमर गुरुङ, लेसन तामाङ, राजकुमार गुरुङलगायत रहेको नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए ।

त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशीलका अशोक गुरुङ, अनुप गुरुङ, बिकल गुरुङ, राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तामा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत नयाँशक्ति पार्टी छोडेर नेकपामा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागतगरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ४७ बजे

चट्टान फुटाएर घोरेटो बाटो निर्माण

दार्चुला– नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले

थाइल्याण्ड–कम्बोडिया तनाव : १२ जना मारिएको थाइल्याण्डको दाबी

काठमाडौं– कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु

अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको बिक्री बढेसँगै रक्सी व्यवसायी चिन्तित

काठमाडौं- अमेरिकामा गाँजाबाट बनेको पेय पदार्थको व्यापार बढ्दै जाँदा रक्सी

राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले

बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध

काठमाडौं – भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा