गोरखामा डा. बाबुरामको पार्टीमा भुइचालो, केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश « Khabarhub

गोरखामा डा. बाबुरामको पार्टीमा भुइचालो, केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेसँगै नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले धमाधम पार्टी छोड्न थालेका छन् ।

गत साता दुई पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपनि त्यसमा असन्तुष्टि जनाउँदै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका धेरै नेता कार्यकर्ताले पार्टी छोडेका छन् ।

यसैबीच पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हुँदै गएको पार्टी परित्याग गर्नु परेको उनीहरुको भनाइ छ ।

पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा प्रकाश कुँवर, जङ्ग गुरुङ, नारान पुलामी, नरेश बराम, अमर गुरुङ, लेसन तामाङ, राजकुमार गुरुङलगायत रहेको नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए ।

त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशीलका अशोक गुरुङ, अनुप गुरुङ, बिकल गुरुङ, राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तामा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत नयाँशक्ति पार्टी छोडेर नेकपामा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागतगरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ४७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु