वार्षिक ३ सय क्यान्सरका बिरामी पुग्ने तिलगंगामा छैन सरकारी सहुलियत « Khabarhub

वार्षिक ३ सय क्यान्सरका बिरामी पुग्ने तिलगंगामा छैन सरकारी सहुलियत


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–तिलगंगा आँखा अस्पतालमा उपचार गराउने क्यान्सरका बिरामीहरु सरकारी सहुलियत लिनबाट बञ्चित भएका छन् । सरकारले विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्यान्सरका बिरामीलाई उपचारमा एक लाख सहुलिएत दिँदै आएको छ ।

क्यान्सरको उपचारमा सहुलियत पाउँनका लागि कोषले अस्पतालहरुको नाम सुचिकरण गरेको हुन्छ । तिलगंगा अस्पताल उक्त कोषमा सूचीकृत नहुँदा त्यहा उपचार गराउने आँखाका क्यान्सरका बिरामीहरु सरकारी सहुलियत पाउनबाट बञ्चित भएका हुन् । आँखामा क्यान्सर भएका वार्षिक ३ सय बिरामीको उपचार हुने गर्छ ।

बिरामलाई सरकारी सहुलियत दिलाउन आफूहरुले दुईवर्ष अघिदेखि पहल गरेपनि स्वास्थ्य मन्त्रालयबाटै अस्पताललाई सूचीकरणमा नराखिएको अस्पतालका निर्देशक डा रोहित सैजुंले बताए ।

‘हामीले क्यान्सरका बिरामीलाई सरकारी सहुलियत दिनका लागि दुईवर्ष अगाडि नै पहल गरेका थियौं,’ डा सैजुंले भने, ‘मन्त्रालय पनि धेरै पटक धाएँ तर हाम्रो अस्पतालमा बजेट पाउने सूचीकरणमै परेन । निजी अस्पतालहरुले क्यान्सरको उपचारमा सहुलियत पाइरहदा हाम्रो जस्तो अस्पतालले सहुलियत नपाउँनु दुःखको कुरा हो ।’

सरकारी सहुलियत नआएपनि विपन्न वर्गका बिरामीलाई अन्य क्षेत्रमा आर्थिक सहयोग जुटाएर उपचार गराइएको निर्देशक डा सैजुंले बताए ।
सरकारले विपन्न नागरिक औषधि उपचार कोषमा वार्षिक एक अर्व १० करोड बजेट विनियोजन गर्ने गरेको छ ।

हाल सरकारी तथा नीजि गरी ८२ वटा अस्पतालहरु सहुलियत पाउने अस्पतालमा सूचीकृत छन् भने, ६९ वटा अस्पतालले नियमित सेवा पनि दिइरहेका छन् । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डाक्टर पुष्पा चौधरीले तिलगंगा अस्पताललाई क्यान्सरको उपचारमा सहुलियतको व्यवस्था गर्न पहल गर्ने बताएकी छन् ।

‘तिलगंगा अस्पतालमा धेरै आँखाका क्यान्सरको बिरामीको उपचार हुने रहेछ, अर्थ मन्त्रालयले प्रयाप्त बजेट नदिदाँ हामीले यो अस्पतालमा सेवा लिने क्यान्सरका बिरामीलाई सहुलियत उपलब्ध गराउन सकेका छैनौं । आगामी बजेटमा सुहलियतको व्यवस्था गर्न पहल गर्नेछु ।’

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ०७ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा