प्रिमियर लिग उपाधि भीडन्त– इतिहास रच्ने दाउमा लिभरपुर, ‘ट्रेबल’ को लक्षमा सिटी | Khabarhub Khabarhub

प्रिमियर लिग उपाधि भीडन्त– इतिहास रच्ने दाउमा लिभरपुर, ‘ट्रेबल’ को लक्षमा सिटी


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि कुन क्लबले उचाल्छ भन्ने टुंगोका लागि अन्तिम चरणसम्म कुर्नु स्वभाविक जस्तै भएको छ । यो सिजनमा पनि त्यही दोहोरिएको छ । यो लगातार ८ औं सिजन हो, जहाँ विजेताको टुंगो अन्तिम खेलबाट लाग्नेछ ।

प्रिमियर लिग अन्तर्गत यो सिजनको अन्तिम खेल आज हुँदैछन् । ३७ औं चरणसम्म आइपुग्दा म्यान्चेष्टर सिटी ९५ अंकको साथ खेल तालिकाको शीर्ष स्थानमा छ भने दोश्रो स्थानको लिभरपुल सिटीभन्दा एक अंक कम ९४ अंकका साथ दोश्रो स्थानमा छ ।

आज पौने ८ बजे लिगको अन्तिम विभिन्न १० खेल त हुँदैछन् तर तीमध्ये केबल दुई खेलले यो सिजनको विजेताको टुंगो लगाउने छ । आज लिभरपुलले उल्भ्ससँग एनफिल्डमा प्रतिस्पर्धा गर्दा ब्राइटनसँग खेल्न सिटी फल्मेर पुगिसकेको छ ।

यो सिजन उपाधि जित्न दुबै क्लबलाई जित्नैपर्ने दबाब छ । हार दुबै क्लबका लागि दुर्भाग्य साबित हुनेछ । हार वा बराबरीले यो सिजनको प्रिमियर लिगको उपाधि उचाल्ने लिभरपुलको सपना चकनाचुर हुनेछ । अर्कोतर्फ, सिटीले आजको खेल हारे वा बराबरी गरे अनी एनफिल्डमा लिभरपुल विजयी भएमा लिभरपुलको भाग्य चम्किनेछ । अर्कोतर्फ सिटी र लिभरपुल दुबै पराजित भएमा साविक विजेता सिटीले लगातार दोश्रो पटक उपाधि जित्नेछ । त्यस्तै, सिटी पराजित भए र लिभरपुलले बराबरी खेलेमा गोलअन्तरका आधारमा सिटीले उपाधि उचाल्नेछ ।

म्यान्चेष्टर सिटी भने प्रिमियर लिगमा निकै नै प्रतिस्पर्धी क्लबको रुपमा रहेको छ । सिटीले यसअघि गतवर्ष बाहेक सन् २०११–१२ यता लिगको उपाधि जितेयता २०१३–१४ गरी तीनपटक उपाधि जितिसकेको छ । यो सिजन सिटीको फर्म पनि उत्कृष्ट नै रहेको छ ।

प्रिमियर लिगका पछिल्ला १३ खेलमा सिटीले शत प्रतिशत नतिजा निकालेको छ । अर्कोतर्फ सिटी यो सिजन ‘घरेलु ट्रेबल’ जित्ने अभियानका साथ अघि बढिरहेको छ । यसअघि काराबाओ कपको फाइनलमा सिटीले चेल्सीलाई पराजित गरिसकेको छ भने भने आगामी शनिबार एफए कप फाइनलमा वाटफोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियन्स लिगको कुरा गर्दा यो सिजन सिटी क्वार्टर फाइनलमा टोटन्ह्यामसँग अवे गोलमा पराजित भएको थियो । सिटीले च्याम्पियन्स लिगको उपाधि उचाल्न सकेको छैन ।

अर्कोतर्फ लिभरपुलले सन् २००५ मा च्याम्पियन्स लिगको उपाधि उचालेयत उपाधि जित्न सकेको छैन । लिभरपुल इंग्लिश क्लबमध्ये सबैभन्दा अभागी क्लब मानिन्छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि लिभरपुलले उपाधि नै जित्न भने सकिरहेको छैन । प्रिमियर लिगकै कुरा गर्दा लिभरपुलले उपाधि नजितेको २९ वर्षभन्दा धेरै भइसकेको छ । लिभरपुललाई प्रिमियर लिगमा यो पाली पनि भाग्यले साथ नदिएजस्तो देखिन्छ । किनकी २८ औं चरणसम्म पनि लिभरपुल लिग लिडरको रुपमा रहेको थियो । जसलाई उसले निरन्तरता दिन सकेन ।

च्याम्पियन्स लिगको कुरा गर्दा लिभरपुल अघिल्लो वर्षजस्तै यस पटक पनि फाइनलमा पुगेको छ । बार्सिलोनालाई घरेलु मैदानमा नराम्रो मात दिएर फाइनल प्रवेश गरेको लिभरपुलले वाण्डा मेट्रोपोलिटानोमा घरेलु प्रतिद्वन्द्वी टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा त अघिल्लो वर्ष पनि प्रवेश गरेको थियो । तर, फाइनलमा स्पेनी क्लब रियल मड्रिडसँग पराजित भएपछि भने उपाधि उचाल्न सकेन ।

यो भन्दा अगाडिका ७ सिजन उपाधि छिनोफानो पनि अन्तिम चरणसम्म पुगेको थियो । यसले तर, यो सिजन भने अन्य सिजनभन्दा रोमाञ्चक छ । किनकी दुबै क्लब फर्ममा छन्, सिटीले प्रिमियर लिगका पछिल्ला १३ खेल जितेको छ भने लिभरपुलले पनि पछिल्ला ८ खेलमा शत प्रतिशत नतिजा निकालेको छ ।

प्रिमियर लिगमा जस्तो सुकै नतिजा पनि आउन सक्छ । रेलिगेसनमा संघर्ष गरिरहेको क्लबले उपाधि दाबेदार क्लबलाई रोक्नु प्रिमियर लिगमा सामान्य मानिन्छ । आज लिभरपुलले सातौं स्थानको उल्भ्स तथा सिटीले १७ स्थानमा रहेको बाइटनसँग प्रतिस्पर्धा गर्दा पनि यस्तै नतिजाको अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ३ : ३९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन