हत्या गरी गाडिएका ३५ शव भेटिए « Khabarhub

हत्या गरी गाडिएका ३५ शव भेटिए


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोमा हत्या गरी गाडिएको अवस्थामा ३५ शव फेला परेको छ । मेक्सिकोको दोश्रो ठूलो शहर गुआडालाहारामा ३५ जनाको शव फेला परेको अधिकारीले जनाएका छन् ।

शहरको जापोपान क्षेत्रमा १० फिट गहिराईमा २७ जनाको शव फेला परेको र त्यहाँ उत्खनन गर्ने काम भइरहेको जनाइएको छ । त्यसबाहेक नजिकै रहेको चिहानमा अरु ७ शव फेला परेको र शहरकै अर्को स्थानमा एक शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शवको पहिचान गर्न कठिन रहेको र यसबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अधिकारीले जनाएका छन् ।

यद्यपि मेक्सिकोमा लागू औषध ग्याङ्गहरु निकै सक्रिय छन् भने उनीहरुले निरन्तर संगठित अपराधमा संलग्न रहँदै आएका छन् । मेक्सिको विश्वको सबैभन्दा धेरै हत्या हुने मुलुकमध्ये पर्छ । अघिल्लो वर्षमात्र मेक्सिकोमा २९ हजार भन्दा धेरैको हत्या भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ३ : ४७ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२