हत्या गरी गाडिएका ३५ शव भेटिए « Khabarhub

हत्या गरी गाडिएका ३५ शव भेटिए


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोमा हत्या गरी गाडिएको अवस्थामा ३५ शव फेला परेको छ । मेक्सिकोको दोश्रो ठूलो शहर गुआडालाहारामा ३५ जनाको शव फेला परेको अधिकारीले जनाएका छन् ।

शहरको जापोपान क्षेत्रमा १० फिट गहिराईमा २७ जनाको शव फेला परेको र त्यहाँ उत्खनन गर्ने काम भइरहेको जनाइएको छ । त्यसबाहेक नजिकै रहेको चिहानमा अरु ७ शव फेला परेको र शहरकै अर्को स्थानमा एक शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शवको पहिचान गर्न कठिन रहेको र यसबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अधिकारीले जनाएका छन् ।

यद्यपि मेक्सिकोमा लागू औषध ग्याङ्गहरु निकै सक्रिय छन् भने उनीहरुले निरन्तर संगठित अपराधमा संलग्न रहँदै आएका छन् । मेक्सिको विश्वको सबैभन्दा धेरै हत्या हुने मुलुकमध्ये पर्छ । अघिल्लो वर्षमात्र मेक्सिकोमा २९ हजार भन्दा धेरैको हत्या भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ३ : ४७ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको