चट्याङ परेपछि करिष्माले भनिन् – एकछिन त खुट्टा लगलग काँप्यो « Khabarhub

चट्याङ परेपछि करिष्माले भनिन् – एकछिन त खुट्टा लगलग काँप्यो


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका करिष्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार मेघ गर्जनसहित हावा हुरी चलिरहेका बेला घरनिरको रुखमा चट्याङ परेको करिष्माले खबरहबलाई बताइन् ।

‘मौसम परिवर्तन भइरहेको छ, आजसम्म यति नजिकबाट चट्याङ परेको देखेकी थिइन,’ करिष्माले खबरहबसँग भनिन्, ‘एकछिन त खुट्टा लगलग काँप्यो ।’ करिष्माले सामाजिक सञ्जाल फेसबूकमा चट्याङले घरको एउटा रुखमा क्षति पुर्‍याएको भिडियो शेयर गरेकी छिन् । उक्त तस्वीरमा चट्याङले रुखमा क्षति पुर्‍याएको देखिन्छ । रुखलाई चट्याङले चिरेको छ ।

करिष्माले भनिन्, ‘छोरी कविताको कोठा अगाडिको रुखमा चट्याङ पर्‍यो, छोरी पनि डराई, एकछिन त हामी दुवै डरायौँ ।’

मौसम परिवर्तनसँगै प्राकृतिक विपत्ति आउन सक्ने भन्दै सबैलाई सचेत रहन समेत उनले आग्रह गरिन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ६ : १३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा