राष्ट्रपति भण्डारी सोमबार जनकपुर जाँदै « Khabarhub

राष्ट्रपति भण्डारी सोमबार जनकपुर जाँदै


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी सीता नवमीको अवसर पारेर सोमबार जनकपुरको जानकी मन्दिर जाने भएकी छिन् । सीता नवमीका अवसरमा जानकीमन्दिरमा हुने पूजाअर्चनामा राष्ट्रपति भण्डारी सरिक हुने भएकी हुन् । साथै भारतका विशिष्ट अतिथि र महन्थ तथा साधुसन्त समेत जनकपुर पुग्नेछन् ।

राष्ट्रपति लगायतको भ्रमण तालिका तय भएका बेला जनकपुर उपमहानगरका मेयर लालकिशोर साह भने तनाबमा देखिएका छन् । विशिष्ट पाहुनाहरुको स्वागतका लागि मन्दिर परिसर क्षेत्र सरसफाई गर्नुपर्ने समयमा सरसफाई कर्मचारीहरु आन्दोलित भएका कारण मेयर साह तनाबमा देखिएका हुन् ।

साढे चार महिनादेखि तलब नदिएको भन्दै ज्यालादारीमा कार्यरत ५६ सरसफाई कर्मचारीले आइतबारदेखि आन्दोलन शुरु गर्दै उपमहानगर परिसरमा धर्नामा बसेका छन् । साढे चार महिनाको तलब र करार नियूक्ति नदिएसम्म काममा नफर्किने धर्ना बसेका राजिन्द्र मेस्तरले बताए ।

सरसफाई कर्मचारीको नेतृत्व गरिरहेका प्रमेश्वर मेस्तरले पकट पटक तलब उपलब्ध गराउन मेयर साहलाई ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको गुनासो गरे । धर्ना स्थल पुगेर मेयरले कर्मचारीका माग पूरा हुने आश्वासन दिँदा पनि कर्मचारीले वेवास्ता गरेका छन् । उनीहरुले लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : २४ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण