इरानले अभूतपूर्व कठिनाई भोगिरहेको छ: रोहानी « Khabarhub

इरानले अभूतपूर्व कठिनाई भोगिरहेको छ: रोहानी


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण इरानले अभूतपूर्व कठिनाई व्यहोरिरहेको इरानका राष्ट्रपति हसन रोहानीले जनाएका छन् ।

राजधानी तेहरानमा राजनीतिक कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रपति रोहानीले सन् १९७९ मा इस्लामिक क्रान्ति भएयता इरानले यत्तिको दबाब महशुस नगरेको जनाएका छन् । सन् १९८० को दशकमा भएको इरान–इराक युद्धका बेलासमेत यत्रो दबाब महशुस नगरिएको उनको भनाइ छ ।

त्यसबेला अन्तर्राष्ट्रिय समुदायले इरानमाथि हतियारको मात्र प्रतिबन्ध लगाएको तर आर्थिक रुपमा त्यसबेला कुनै समस्या नरहेको उनको भनाइ छ । तर, पछिल्लो नाकाबन्दीका कारण अभूतपूर्व कठिनाई उत्पन्न भएको रोहानीले जनाएका छन् । उनले यस्तो कठिनाईबाट पार पाउन मुलुकमा राजनीतिक एकतामा जोड दिनुपर्ने जनाए । पछिल्लो समय इरानी राष्ट्रपति रोहानीमाथि मुलुकभित्र रहेका राजनीतिक उग्रवादी धारबाट सन् २०१५ मा भएको आणविक सम्झौताबाट पूर्ण रुपमा बाहिरिन चरम दबाब रहेको बताइन्छ ।

पछिल्लो समय सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका बाहिरिएसँगै अमेरिकाले इरानमाथि एकपछि अर्को नाकाबन्दीको घोषणा गर्दै आएको छ । त्यसबाहेक इरानबाट मध्यपूर्वमा रहेका आफ्ना सेना तथा आफ्ना साझेदारको सुरक्षामा खतरा उत्पन्न भएको भन्दै त्यस क्षेत्रमा लडाकु विमान वाहक नौसैनिक पानीजहाज तथा बम वर्षक विमान तैनाथ गरेपछि अमेरिका र इरानबीचको सम्बन्ध निकै खराब छ ।

त्यसअघि अमेरिकाले इरानको सैनिक दस्ता रिभल्यूशनरी गार्ड कप्र्स आइआरजीसीलाई आतंककारी समूहको सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : २८ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको