सिटीले जित्यो लगातार दोस्रो प्रिमियर लिग उपाधि « Khabarhub

सिटीले जित्यो लगातार दोस्रो प्रिमियर लिग उपाधि


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यान्चेस्टर सिटी लगातार दोस्रो पटक इङ्ग्लिस प्रिमियर लिग विजेता बनेको छ ।

आइतबार सम्पन्न लिगको अन्तिम खेलमा ब्रिग्टोन एन्ड होभ अल्बियोनलाई पराजित गर्दै सिटीले लगातार  दोस्रो उपाधि उचालेको हो । सिटीले ब्राईटनमाथि ४–१ गोल अन्तरको जित हात पारेको हो ।

लिगको उपाधिका लागि लिभरपुलको दाबेदारीलाई सिटीले १ अंकको अग्रता बनाउँदै उपाधि खोसेको हो । ब्राईटनलाई पराजित गरेको सिटीको ९८ हुँदा लिभरपुलको ९७ अंक रहेको छ ।

उपाधि विजेता सिटीविरुद्ध २७ औं मिनेटमा ब्रिग्टोनले गोल गर्दै अग्रता बनाएको थियो ।

ब्राईटनका लागि ग्लेन मुर्येले गोल गरेका थिए । तर, १ मिनेट नवित्दै ब्ग्टिोनको अग्रता सर्जियो अग्युरोले तोडेका थिए ।

उनले २८ औं मिनेटमा सर्जियो अग्युरोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ३८ औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै टिमलाई पहिलो हाफमा २–१ को अग्रूता बनाएको थियो ।

त्यस्तै, खेलको ६३ औं मिनेटमा रियाद महरेज र ७२ औं मिनेटमा इल्क्या गुन्डोगानले गोल गर्दै टिमलाई ४–१ गोल अन्तरको जीत दिलाएका थिए । योसँगै सिटीका प्रशिक्षक पेप गोडियला प्रिमियर लिगमा लगातार उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् ।

यस्तै, आजै भएको अर्को खेलमा उपाधि होडमा रहेको लिभरपुलले वोल्भर ह्यामटनलाई २–० गोल अन्तरले पराजित गरेपनि प्रिमियर लिगको उपाधि उचाल्न भने सकेन ।

वोल्भरलाई पराजित गर्दै ९७ अंक बनाएको लिभरपुल सिटीसँग १ अंकले पछि पर्दा उपाधि सिटीलाई सुम्पियो ।

लिभरपुलको जितका लागि सदियो मानेले २ गोल गरे । उनले खेलको १७ औं र ८१ औं मिनेटमा गोलल गर्दै टिमलाइ जित दिलाए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : १९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा