मुम्बई चौथो पटक आईपीएल च्याम्पियन | Khabarhub Khabarhub

मुम्बई चौथो पटक आईपीएल च्याम्पियन


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा सम्पन्न १२ औं संस्करणको आईपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । निकै रोमान्चक बनेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि चुम्यो।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो। हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। मुम्बईले जितका लागि चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो। तर जवाफ ब्याटिङ गरेको चेन्नईले लक्ष्य भेट्टाउन सकेन। पुरै २० ओभर ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो। तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे।

मुम्बईका लागि जसप्रित बुम्राले २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा मात्र १४ रन दिएका थिए। त्यस्तै राहुल चहारले पनि १४ रन खर्चिएर एक विकेट लिएका थिए। चेन्नईका लागि सेन वाट्सनले ८० रन जोडे पनि जितका लागि पर्याप्त भएन। चेन्नईको लगातार विकेट झरिरहँदा पनि ओपनर वाट्सनले एकातर्फबाट पारी सम्हाल्दै टिमलाई अगाडि बढाएका थिए। तर वाट्सन अन्तिम ओभरमा रन आउट हुन पुगेका थिए।

मुम्बईले खेलमा सुरुआत राम्रो गरेको थियो। मुम्बईका लागि सबभन्दा धेरै रन किरन पोलार्डले बनाए। उनले नटआउट ४१ रन बनाए। त्यस्तै क्वान्टन डिककले २९ र इसान किसानले २३ रन बनाए। चेन्नईका दीपक चहारले एक्लैले तीन विकेट लिए। त्यस्तै इमरान ताहिर र शार्दुल ठाकुरलले दुई दुई विकेट लिए।

योसँगै मुम्बईले चौथो पटक उपाधि उचाल्दै आईपीएलमा सबैभन्दा धेरै उपाधि उचाल्ने टिम बनेको छ । चेन्नईले उपविजेतामा चित्त बुझाएको छ । चौथो पटक उपाधि उचालेको मुम्बईले यसअघि सन् २०१३, २०१५ र २०१७ मा जितेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ५६ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड