दमका रोगीले खानपानमा विशेष ध्यान दिउँ « Khabarhub

दमका रोगीले खानपानमा विशेष ध्यान दिउँ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालीहरुमा दमको संक्रमण बढ्न थालेको छ । देश अस्वस्थकर खानापान र जीवन शैलीका कारण लाग्ने रोगको जोखिममा पुगेको छ । त्यसैले आफू स्वस्थ रहँन खानपानमा धेरै ख्याल गर्नुपर्छ । यहाँ हामीले दम रोगीले खानपानमा कस्तो सावधानी अपनाउनु पर्ला भनेर चर्चा गरेका छौं ।

दीर्घ दमरोगीमा सास फेर्दा सक्रिय हुने मांसपेसीका कारणले कमजोर हुँदै जान्छन् । खाना खाएको समयमा वा खाँदा दम बढ्नु, पाचन प्रणाली तुलनात्मक रुपमा कमजोर हुनु, खाना खान मन नलाग्नु तथा रुचि घट्नुजस्ता कारणले बिरामीले आवश्यक मात्रामा खान सक्दैनन् । त्यसैले शरीरसँगै प्रतिरोधी क्षमतासमेत कमजोर हुन्छ । जसले गर्दा रोग निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दम रोगका बिरामीले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

शक्ति दिने पोशिलो खानेकुरा खाने

खानामा अरुचिका कारण बिरामीमा तौल घट्दै जान्छ । पर्याप्त खानेकुराको अभावमा शरीरलाई आवश्यक शक्ति आर्जन गर्न मांसपेसी बढी प्रयोग हुन्छन् । जसले गर्दा शरीर कमजोर हुन्छ । त्यसैले दैनिक प्रशस्त मात्रामा शक्ति दिने खानेकुरा खानुपर्छ ।

कार्वोहाइडेट बढाउने गरी चिल्लो खाने

चिल्लो खानेकुराको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो हुन्छ । त्यसैले, खाना पकाउँदा वनस्पति तेलको प्रयोग गरी चिल्लो खानेकुरा खान सकिन्छ । तर, पशुजन्य स्रोतबाट प्राप्त हुने चिल्लो खानेकुरा खानुहुँदैन । जस्तै, बोसोयुक्त मासु, अत्याधिक नौनी, घिउ आदिले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

प्रोटिनको मात्रा बढाउने

दम रोगीमा श्वासप्रणालीको मांसपेसी च्यातिने डर हुन्छ । यसको पुनर्निर्माणका लागि प्रोटियुक्त खाना आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अन्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ ।

सुप तथा झोलिलो खानेकुरामा ध्यान दिने

शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ । त्यसैले, प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । त्यस्तै, नुन आवश्यक मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ५३ बजे

गुल्मीको भार्सेमा कम्प्युटर प्रयोगशाला स्थापना

गुल्मी– गुल्मीका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमा सीमित

सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले सबैको

खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी

दुबई- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपेरको असर समग्र खाडी

मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया

रविमाथिका गम्भीर अपराधका मुद्दा फिर्ताविरुद्धको रिटमा आदेश आउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता