आज पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

आज पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (बुधबार) बिहान देशभरको मौसम सफा रहेको छ । दिउँसोबाट भने मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमकै केही भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति पनि पूर्वी र पश्चिमी भागमा मेघ गर्जनसहितको पानी पर्ने सम्भावना रहेको छ ।

विभागले अनुमान गरेको ३ दिने मौसमको विवरण यस्तो छ :

जेठ २९ गते (बुधबार)

दिउँसो: देशका पश्चिमी भू-भागहरूमा सामान्यदेखि पूर्ण बदली रहि पूर्वि र मध्य भू-भागहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पुर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। पुर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ ३१ गते (शुक्रबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ०५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल