रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ? « Khabarhub

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। मंगलबार बिहान १० बजेदेखि सुरु भएको पहिलो दिनको १२ घण्टे सत्रमा पार्टीका शीर्ष नेताहरूको कार्यविभाजन सार्वजनिक भए पनि ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नाम भने कतै समेटिएको छैन।

झापा–५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै ऐतिहासिक रूपमा संसद प्रवेश गर्न लागेका बालेनको भूमिकालाई लिएर सर्वत्र चासो थियो। रास्वपाले उनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताउँदै आए पनि प्रशिक्षणको दुई दिने कार्यतालिकामा उनको नाम नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सार्वजनिक कार्यतालिका अनुसार पहिलो दिन उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालसहित अन्य नेतालाई महत्त्वपूर्ण प्रशिक्षण र नेतृत्वको जिम्मेवारी दिइएको छ। तर, पहिलो दिनको १२ घण्टा र दोस्रो दिनको ७ घण्टा गरी कूल १९ घण्टाको कार्यक्रममा बालेनको कुनै पनि प्रस्तुति वा सम्बोधनको तालिका छैन।

पार्टी सभापति रवि लामिछानेले दोस्रो दिनको समापन समारोहमा ‘पार्टीको रणनीतिक दृष्टिकोण र नीतिगत प्राथमिकता’ बारे मन्तव्य राख्ने तय भएको छ। यद्यपि, पार्टीका सबैभन्दा चर्चित र ‘हाइ–प्रोफाइल’ सांसद बालेनलाई प्रशिक्षणको सूचीमा समावेश नगर्दा सामाजिक सञ्जालमा रास्वपाभित्रको आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनलाई लिएर बहस सुरु भएको छ।

संसद प्रवेश गर्नुअघिको यो महत्त्वपूर्ण प्रशिक्षणमा भावी नेतृत्वका रूपमा प्रस्तुत गरिएका व्यक्तिको अनुपस्थिति वा भूमिकाविहीनताले पार्टीको आगामी संसदीय रणनीतिमाथि समेत प्रश्न उब्जाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : २६ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको