‘मारुनी’ को गीत– दीपकको गीतमा पुष्प र साम्राज्ञीको रोमान्स (भिडियो) « Khabarhub

‘मारुनी’ को गीत– दीपकको गीतमा पुष्प र साम्राज्ञीको रोमान्स (भिडियो)


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘मारुनी’ मा समावेश ‘जाम न जाम’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा मंगलवार एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।  गीतमा चर्चित गायक दीपक बज्राचार्यले स्वर दिएका छन् ।

गायक बज्राचार्यकै संगीत रहेको यो गीतमा रिक्की शाक्यका शब्द छन् भने मोहित मुनालको एरेन्ज रहेको छ । यस्तै गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा सयौँ कोरसका साथ पुष्प खड्का र साम्राज्ञी शाहले क्लबमा नाचेका छन् । गीत लोकशैलीको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको निर्देशन नवल नेपालले गरेका हुन् भने फिल्ममा पुष्प र साम्राज्ञीका अलावा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाई, विनोद भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

भदौ १३ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन, गोविन्द फुयाँल र नवल नेपालको लेखन रहेको छ । हेरौं गीतको भिडियो:

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ४९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६