धरानमा अझै नियन्त्रणमा आएन डेंगुको संक्रमण, बिरामीको संख्या ४ सय पुग्यो « Khabarhub

धरानमा अझै नियन्त्रणमा आएन डेंगुको संक्रमण, बिरामीको संख्या ४ सय पुग्यो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिकामा डैंगुको संक्रमण बढ्दै गएको छ । डेंगुको संक्रमण देखिन थालेको एक महिना हुँदा संक्रमण झनै बढ्दै गएको हो ।

धरान उपमहानगरपालिकामा ४ सय भन्दा बढी बिरामीमा डेंगुको संक्रमण भेटिएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु यादवले जानकारी दिए ।  धरानका अस्पतालहरुमा एकै दिन ८० भन्दा बढी नयाँ डेंगु बिरामीहरु अस्पताल आउन थालेका यादवले बताए।

‘हामीले डेंगु नियन्त्रणका लागि प्रयास गरीरहेको भए पनि बिरामीको संख्या झनै बढेको छ, यो रोग अझै नियन्त्रणमा आउन सकेको छैन,’ यादवले भने ।

यादवका अनुसार धरान उपमहानगरपालिकाको ८,९ १० र १५ वडामा डेंगुको संक्रमण बढी रहेको छ । उक्त क्षेत्रमा जोखिम कायमै रहेकाले सजक रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

के हो डेंगु ?

डेंगु एक प्रकारको भाइसर हो । इडिस एनिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको कोटाइबाट डेंगुको संक्रमण हुने गर्छ ।

डेंगुका लक्षण

–  अत्याधिक ज्वरो आउँने,

– आँखा दुख्ने,

– टाउँको दुख्ने,

– मांसपेशी तथा जोर्नीहरु दुख्ने,

– शरीरमा विविराहरु आउने,

डेंगुको संक्रमणबाट यसरी बच्नुस्

– लामखुट्टे बस्ने वातवरण नबनाउने,

– घर वरिपरिका खाल्डाखुल्डी पुर्ने,

– घर बाहिर निस्किँदा शरीर ढाक्ने कपडा लगाउने,

– लामखुट्टेले नटोक्ने क्रिमको प्रयोग गर्ने,

– झुलको प्रयोग गर्ने,

– घरमा बाल्टिन तथा भाडाहरुमा राखेको पानी छोपेर राख्ने,

– गाडीका पुराना टायरहरु व्यवस्थापनमा ध्यान दिने ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : २० बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा