जन्म बारले पनि खोलिने छ व्यक्तित्वबारे कयौँ राज « Khabarhub

जन्म बारले पनि खोलिने छ व्यक्तित्वबारे कयौँ राज


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हाम्रो समाज विभिन्न तिथि मितिमा जन्मिएका मानिसको त्यसैअनुसार भाग्य पनि हुन्छ भन्ने मान्यता छ । यसैले मानिसहरु आफ्नो जन्म मिति तथा बारको आधारमा भविष्यवाणीको खोजी गरिरहेका हुन्छन् । वास्तवमै भन्ने हो भने जन्म बारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । मानिसको जन्म बारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । आउनोस्, कुन बार जन्मिएको मानिसमा के कस्तो खुबी तथा स्वभाव हुन्छ जानी राखौँ ।

ज्योतिषशास्त्रमा जन्म दिनको विशेष महत्व रहने गर्छ । जन्म दिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । यसबाट व्यक्तिले जीवनको महत्वपूर्ण कुरा थाहा पाउन सक्छन् ।

आइतबार
यो दिन जन्मिने बच्चा बिरामी रहने छन् । यद्यपि उसले जीवनमा धेरै नाम कमाउनुका साथै यश प्राप्त गर्नेछ । यो दिन जन्मिएको बच्चाले पारिवारिक जीवनमा विशेष ध्यान आवश्यक छ ।

सोमबार
यो दिन जन्मिएकाको स्वभाव मूडी खालको हुन्छ । यस्ता व्यक्तिको भाग्य आमरुपमा विवाह पछि उदय हुन्छ । यस दिन जन्मिने व्यक्तिले सधैँ आफ्नो सम्बन्धमा सावधानी अपनाउन आवश्यक हुन्छ ।

मंगलबार
यो दिन जन्मिने बच्चा बढी नै रिसाहा र आमरुपमा बाल्यकालमा पनि बिरामी भइरहने खालका हुन्छन् । यस्तै चोट पटक तथा दुर्घटनाबाट बच्नका लागि सँधै ख्याल राख्नु पर्ने हुन्छ ।

बुधबार
यो दिन जन्मिने बच्चा धनी र सम्पत्तीले भरिपूर्ण हुने भाग्य रहेको हुन्छ । हरेक कार्यमा पूर्णता चाहने स्वभाव हुन्छ । यो दिन जन्मिएकाले आफ्नो अहंकारी स्वभावमाथि नियन्त्रण राख्न आवश्यक हुन्छ ।

बिहीबार
यो दिन जन्मिने बच्चा भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुनेछ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि गर्ने धेरै विश्वासबाट बच्नु पर्ने हुन्छ ।

शुक्रबार
यो दिन जन्मिने बच्चा आध्यात्मिक हुने छन् । उनीमाथि भगवानको विशेष कृपा हुने छ । यस्ता व्यक्तिले लापरबाही तथा अतिविश्वासबाट बच्नु जरुरी छ ।

शनिबार
यो दिन जन्मिनेले जीवनमा कडा संघर्षको सामना गर्नु पर्ने हुन्छ । यद्यपि, एउटा उमेर चरण पार गरेपछि भने विदेश गएर अत्यन्तै ठूलो सफलता पाउने छन् । यस्ता व्यक्तिले नशा तथा प्रेमको चक्करबाट भने बच्नआवश्यक छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : ४८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका