जन्म बारले पनि खोलिने छ व्यक्तित्वबारे कयौँ राज « Khabarhub

जन्म बारले पनि खोलिने छ व्यक्तित्वबारे कयौँ राज


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हाम्रो समाज विभिन्न तिथि मितिमा जन्मिएका मानिसको त्यसैअनुसार भाग्य पनि हुन्छ भन्ने मान्यता छ । यसैले मानिसहरु आफ्नो जन्म मिति तथा बारको आधारमा भविष्यवाणीको खोजी गरिरहेका हुन्छन् । वास्तवमै भन्ने हो भने जन्म बारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । मानिसको जन्म बारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । आउनोस्, कुन बार जन्मिएको मानिसमा के कस्तो खुबी तथा स्वभाव हुन्छ जानी राखौँ ।

ज्योतिषशास्त्रमा जन्म दिनको विशेष महत्व रहने गर्छ । जन्म दिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । यसबाट व्यक्तिले जीवनको महत्वपूर्ण कुरा थाहा पाउन सक्छन् ।

आइतबार
यो दिन जन्मिने बच्चा बिरामी रहने छन् । यद्यपि उसले जीवनमा धेरै नाम कमाउनुका साथै यश प्राप्त गर्नेछ । यो दिन जन्मिएको बच्चाले पारिवारिक जीवनमा विशेष ध्यान आवश्यक छ ।

सोमबार
यो दिन जन्मिएकाको स्वभाव मूडी खालको हुन्छ । यस्ता व्यक्तिको भाग्य आमरुपमा विवाह पछि उदय हुन्छ । यस दिन जन्मिने व्यक्तिले सधैँ आफ्नो सम्बन्धमा सावधानी अपनाउन आवश्यक हुन्छ ।

मंगलबार
यो दिन जन्मिने बच्चा बढी नै रिसाहा र आमरुपमा बाल्यकालमा पनि बिरामी भइरहने खालका हुन्छन् । यस्तै चोट पटक तथा दुर्घटनाबाट बच्नका लागि सँधै ख्याल राख्नु पर्ने हुन्छ ।

बुधबार
यो दिन जन्मिने बच्चा धनी र सम्पत्तीले भरिपूर्ण हुने भाग्य रहेको हुन्छ । हरेक कार्यमा पूर्णता चाहने स्वभाव हुन्छ । यो दिन जन्मिएकाले आफ्नो अहंकारी स्वभावमाथि नियन्त्रण राख्न आवश्यक हुन्छ ।

बिहीबार
यो दिन जन्मिने बच्चा भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई मानसम्मान धेरै नै प्राप्त हुनेछ । यस्तै यो दिन जन्मिएकाले दोस्रो व्यक्तिमाथि गर्ने धेरै विश्वासबाट बच्नु पर्ने हुन्छ ।

शुक्रबार
यो दिन जन्मिने बच्चा आध्यात्मिक हुने छन् । उनीमाथि भगवानको विशेष कृपा हुने छ । यस्ता व्यक्तिले लापरबाही तथा अतिविश्वासबाट बच्नु जरुरी छ ।

शनिबार
यो दिन जन्मिनेले जीवनमा कडा संघर्षको सामना गर्नु पर्ने हुन्छ । यद्यपि, एउटा उमेर चरण पार गरेपछि भने विदेश गएर अत्यन्तै ठूलो सफलता पाउने छन् । यस्ता व्यक्तिले नशा तथा प्रेमको चक्करबाट भने बच्नआवश्यक छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : ४८ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको