सार्वजनिक संस्थानलाई टाट पल्टाउने यी कर्मचारीलाई के हुन्छ कारबाही ? | Khabarhub Khabarhub

सार्वजनिक संस्थानलाई टाट पल्टाउने यी कर्मचारीलाई के हुन्छ कारबाही ?



काठमाडौं–अहिले नेपालमा व्यवसायिक रुपमा ३९ वटा सार्वजनिक संस्थान चालु अवस्थामा छन् । जसमध्ये २६ वटा संस्थान जसोतसो थेगिएको देखिन्छ भने बाँकी ११ वटा संस्थान घाटामा छन् । घाटामा रहेका मध्ये धेरै टाट पल्टिने अवस्थामा पुगेका छन् । नेपाल सरकारले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७४–०७५ सम्ममा सरकारका ३९ मध्ये २६ ओटा सार्वजनिक संस्थान मात्र नाफामा रहेको आर्थिक सर्वेक्षण २०७५–०७६ ले देखाएको छ ।

२६ ओटा संस्थानले कुल ४३ अर्ब ४५ करोड खुद नाफा गरेका छन् भने बाँकी ११ ओटा घाटामा छन् । सर्वेक्षणका अनुसार ३९ मध्ये दुईओटा संस्थान हाल सञ्चालनमा छैनन् । आर्थिक वर्ष २०७३–०७४ मा पनि २६ ओटा संस्थान मात्र नाफामा थिए । सर्वेक्षणका अनुसार घाटामा जाने र आफैंलाई पाल्न नसक्ने सार्वजनिक संस्थानको सञ्चालन खर्च बढ्दा संस्थानहरूमा सरकारको शेयर लगानी २ खर्ब ३७ करोड पुगेको छ।

संस्थान टिकाउनैका लागि सरकारले १ खर्ब ६४ अर्ब ४२ करोड ऋण दिएको छ । यी संस्थानको वित्तियस्थिति सुधार उन्मुख रहेको सर्वेक्षण सार्वजनिक भएपनि अधिकांश सरकारी संस्थानमा जिम्मेवार पदमा रहेका सयौं कर्मचारी आर्थिक अपचलनमा मुछिएका छन् । उनीहरुसँग श्रोत नखुलेको अर्वौंको सम्पत्ति भेटिएको छ ।

२०५८ सालमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठन भएको सम्पत्ति न्यायिक जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अनुसार अधिकांश सार्वजनिक संस्थान भ्रष्ट कर्मचारी कै कारण आग्लो लाग्ने अवस्थामा पुगेका छन् । लम्साल आयोगले तत्कालिन समयमा सार्वजनिक पदमा रहेका ३० हजार ५ सय ९९ जनाको सम्पत्ति छानविन गरेको थियो ।

जसमध्ये ६ सय २ जनाले हैसियतभन्दा बढी सम्पत्ति कमाएको ठहरसहित भ्रष्टाचारको अभियोगमा कारबाही गर्न सिफारिस गरेकोमा भ्रष्ट कर्मचारी तथा सार्वजनिक पदमा बसेका व्यक्तिहरु माथिको छानविन विभिन्न कारण देखाई अख्तियारले रोकेर राखेको छ । यसअघि प्रकाशित लेखमार्फत हामीले राजनीतिक, प्रशासनिक तथा आर्थिक प्रलोभनमा अख्तियारले तामेलीमा राखेका भ्रष्टाचारीको नाम, उनीहरुको साविकको पद तथा कार्यालय तथा तामेलीमा राख्ने निर्णय सम्वन्धी विवरण सार्वजनिक गरिरहेका छौं ।

जस अन्तर्गत नेपाल प्रहरी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी संस्थान तथा तत्कालीन परिस्थितिमा अख्तियारको पत्र बुझेका राजनीतिज्ञको विवरण सार्वजनिक भई सकेको छ । आज हामीले त्यसैको निरन्तरता, सरकारले अर्बौं लगानी गरेर पाली रहेको थारो चौपाया जस्तै बनेका सार्वजनिक संस्थान डुबाउने भ्रष्ट कर्मचारीको विवरण फेला पारेका छौं ।

व्यापारिक क्षेत्र, सेवा क्षेत्र, सामाजिक क्षेत्र, जनउपयोगी क्षेत्र र वित्तिय क्षेत्र लक्षित सार्वजनिक संस्थानहरुमा व्याप्त भ्रष्टाचार तथा अनियमितता मुख्य समस्या हो । व्यापारिक क्षेत्र अन्तर्गत कृषि सामाग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम र टिम्बर कर्पोरेसन गरी ६ वटा संस्था संचालनमा छन् ।

सेवा क्षेत्र अन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द, नेपाल पारवहन तथा गोदम व्यवस्थापन कम्पनी लिमिटेड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसहित पाँचवटा संस्थान छन् । त्यस मध्ये राष्ट्रिय उत्पादन तथा आर्थिक विकास केन्द्र र वायुसेवा निगम आग्लो लाग्ने अवस्थामा पुगेका छन् ।

भ्रष्ट कर्मचारी कै कारण नागरिक उड्डयन प्राधिकरणको आय घट्दो छ । सामाजिक क्षेत्र अन्तर्गत सांस्कृतिक संस्थान, गोरखापत्र संस्थान, जनक शिक्षा सामाग्री केन्द्र, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनी रहेकोमा गोरखापत्र संस्थान बाहेक अन्य सबै संस्थान घाटामा छन् । तिनीहरुको संचित घाटा तीन अर्ब २५ करोड नाघेको छ ।

जनउपयोगी क्षेत्र अन्तर्गत सरकारले दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, विद्युत उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र नेपाल खानेपानी संस्थान चलाई रहेको छ । तर विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यवसायिक आर्जन गर्ने अवस्थामै पुगेका छैनन भने सबैभन्दा धेरै भ्रष्ट कर्मचारी भेटिएको विद्युत प्राधिकरण र नेपाल खानेपानी संस्थान घाटामा छन् ।

वित्तिय क्षेत्रतर्फ सञ्चालित कृषि विकास बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, राष्ट्रिय बीमा संस्थान, बीमा कम्पनी लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, नागरिक लगानी कोष र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको अवस्था पनि भ्रष्ट कर्मचारी कै कारण आर्थिक रुपमा कमजोर बनिरहेको छ ।

जनकशिक्षा सामाग्री केन्द्र, दुग्ध विकास संस्थान, नेपाल खानेपानी संस्थान, औषधी लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालि सबैभन्दा नोक्सानीमा छन् । घाटामा रहेका तथा बन्द भइसकेको अवस्थाका सार्वजनिक संस्थानको आर्थिक अवस्था र सम्पत्तिको बास्तविक लेखाजोखा सरकारले नगर्दा अधिकांश कर्मचारी भ्रष्टाचार र अनियमिततामा लिप्त भएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : १३ बजे

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार