बुवाआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा « Khabarhub

बुवाआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको विहार सरकारले वृद्ध आमाबुवाको सेवा र हेरचाह नगर्ने सन्तानलाई जेल सजाय हुने घोषणा गरेको छ ।

बिहारमा सत्ता सञ्चालन गरिरहेको नीतीश कुमारको सरकारले वृद्धबृद्धाको सामाजिक सुरक्षाका लागि महत्वपूर्ण फैसला गरेको हो ।

नयाँ घोषणासँगै सरकारले अब कानून ल्याउने छ जसमा बृद्ध आमाबुवाको सेवा गर्नु सन्तानका लागि अनिवार्य गरिएने व्यवस्था राखिएको छ । आमाबुवाको हेरचाह नगर्ने सन्तालाई जेल पठाउने व्यवस्था पनि कानूनमा राखिएको छ ।

मंगलबार बसेको बिहार राज्यको मन्त्रिपरिषद् बैठकले यससँग जोडिएको कानूनलाई स्वीकृत गरेको छ । अब यो कानून लागू भएपछि आमाबुवाले आफ्ना सन्तानका बारेमा उजुरी गरे उसलाई कारवाही हुने भएको छ ।

विहारका मुख्यमन्त्री नीतीश कुमारले भने,‘आजको परिवर्तित सामाजिक परिवेशमा आफ्ना सन्तानको हेरचाह गर्ने आमाबुवालाई सामाजिकदेखि कानूनी संरक्षण दिनु सरकारको पनि कर्तव्य हो ।’

यसअघि नीतीश सरकारले मदिरा विक्री वितरणमा रोक लगाएको थियो । विहारमा नीतीश सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा हुने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : २० बजे

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना