एक युवक बने ६ कक्षामा पढ्ने २६ विद्यार्थीको अभिभावक | Khabarhub Khabarhub

एक युवक बने ६ कक्षामा पढ्ने २६ विद्यार्थीको अभिभावक


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौती नगरपालिका–७ अघाटोलका एक युवाले स्थानीय विद्यालयको कक्षा ६ मा अध्ययनरत सबै विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

स्थानीय युवा अच्युत भट्टराईले पनौतीस्थित पुण्ड माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत २६ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका हुन् ।

भट्टराईले ६ कक्षमा पढ्ने सबै विद्यार्थीको भर्ना, विद्यालय पोशाक (ट्र्याकसूट) समेत र किताब–कापी व्यवस्थापन गरेका हुन् ।

‘एउटा कक्षाका सबै विद्यार्थीको अभिभावकत्व गरेको छु, भर्ना, पोशाक र स्टेशनरी व्यवस्था गरे, अब विद्यार्थीको खाजाको लागि व्यवस्थापन गर्दैछु,’ रासससँगको कुराकानीमा उनले भनेका छन् ।

उहाँले आगामी शैक्षिक सत्रमा थप एक कक्षाका विद्यार्थीको पनि अभिभावकत्व ग्रहण गर्ने योजना रहेको उनको भनाइ छ ।

आफूलाई बाल अवस्थादेखि नै बालबालिकाको शिक्षाप्रति विशेष चासो रहने गरेकाले सामाजिक क्षेत्रमा केही गर्ने उद्देश्य अनुरुप एकै कक्षाका २६ जना विद्यार्थीको अभिभावक्त ग्रहण गर्ने बताएका हुन् ।

आफूले अभिभावत्व लिएका विद्यार्थीले १० कक्षासम्म अध्ययन गर्दा लाग्ने सबै खर्च व्यहोर्ने भट्टराईले सुनाए ।

सरकारले गत वर्षको भर्ना अभियानदेखि अभिभावकत्व ग्रहण गर्ने चलन बसाएपछि अलिहे मन्त्रीदेखि सर्वसाधारणसम्मले विपन्न परिवारका विद्यार्थीको पढाइ खर्च व्यहोर्ने गरी अभिभावक्त ग्रहण गरिरहेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : २१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई