कस्तो अवस्थामा गराउने शल्यक्रियामार्फत प्रसूती ? | Khabarhub Khabarhub

कस्तो अवस्थामा गराउने शल्यक्रियामार्फत प्रसूती ?


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय शल्यक्रिया गरेर प्रसूती गराउने क्रम निकै बढेको छ । पछिल्लो समय आमाबुबाहरु शिशू गर्भमै हुँदा जन्मिने मिति तय गरी शल्यक्रिया मार्फत बच्चा जन्माउँन पनि थालेका छन् ।

शल्यक्रिया मार्फत शिशू जन्माउँदा यौन जीवनमा असर नपर्ने भन्दै कतिपय महिलाहरु शल्यक्रियामार्फत शिशू जन्माउन चाहने पनि हुन्छन् । तर आमा र गर्भको शिशूको ज्यान जोखिममको अवस्थामा मात्रै शल्यक्रिया मार्फत शिशू जन्माउन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । पछिल्लो समय अनावश्यक रुपमा शल्यक्रिया मार्फत प्रसूती गराउनेको दर बढ्दै गएको छ ।

यस्तो अवस्थामा शल्यक्रिया आवश्यक

–शिशूको टाउको भन्दा आमाको पाठेघरको मुख सानो भएमा,

–साल पाठेघरको तत्लो भागमा रहेको अवस्थामा,

–पाठेघर भित्र रहेको शिशू गलत पोजिसनमा भएमा,

–शिशूको मुटुको चाल गडबड भएमा,

–एचआईभी, क्यान्सर लगायतका दीर्घ रोग भएकी गर्भवती महिलाले शिशू जन्माउनुपर्ने अवस्थामा,

शल्यक्रिया मार्फत शिशू जन्माउँदा सूत्केरी महिलाको स्वास्थ्य जोखिममा पर्न सक्छ त्यसैले सामान्य अवस्थमा शल्यक्रिया भन्दा नर्मल डेलिभरी गराउन उपयुक्त हुने चिकित्सकको भनाइ छ ।

शल्यक्रियामार्फत प्रसूती गराउँदा हुने जोखिम

–रगत धेरै बग्न सक्छ,

–शल्यक्रिया गरेको घाउ पाक्न सक्छ,

–आमा र शिशूलाई संक्रमण हुने जोखिम हुन्छ ।

–प्रसव पीडाको कारण आमाको ज्यान जोखिममा परेको अवस्थामा ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : ५४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने