कस्तो अवस्थामा गराउने शल्यक्रियामार्फत प्रसूती ? « Khabarhub

कस्तो अवस्थामा गराउने शल्यक्रियामार्फत प्रसूती ?


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय शल्यक्रिया गरेर प्रसूती गराउने क्रम निकै बढेको छ । पछिल्लो समय आमाबुबाहरु शिशू गर्भमै हुँदा जन्मिने मिति तय गरी शल्यक्रिया मार्फत बच्चा जन्माउँन पनि थालेका छन् ।

शल्यक्रिया मार्फत शिशू जन्माउँदा यौन जीवनमा असर नपर्ने भन्दै कतिपय महिलाहरु शल्यक्रियामार्फत शिशू जन्माउन चाहने पनि हुन्छन् । तर आमा र गर्भको शिशूको ज्यान जोखिममको अवस्थामा मात्रै शल्यक्रिया मार्फत शिशू जन्माउन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । पछिल्लो समय अनावश्यक रुपमा शल्यक्रिया मार्फत प्रसूती गराउनेको दर बढ्दै गएको छ ।

यस्तो अवस्थामा शल्यक्रिया आवश्यक

–शिशूको टाउको भन्दा आमाको पाठेघरको मुख सानो भएमा,

–साल पाठेघरको तत्लो भागमा रहेको अवस्थामा,

–पाठेघर भित्र रहेको शिशू गलत पोजिसनमा भएमा,

–शिशूको मुटुको चाल गडबड भएमा,

–एचआईभी, क्यान्सर लगायतका दीर्घ रोग भएकी गर्भवती महिलाले शिशू जन्माउनुपर्ने अवस्थामा,

शल्यक्रिया मार्फत शिशू जन्माउँदा सूत्केरी महिलाको स्वास्थ्य जोखिममा पर्न सक्छ त्यसैले सामान्य अवस्थमा शल्यक्रिया भन्दा नर्मल डेलिभरी गराउन उपयुक्त हुने चिकित्सकको भनाइ छ ।

शल्यक्रियामार्फत प्रसूती गराउँदा हुने जोखिम

–रगत धेरै बग्न सक्छ,

–शल्यक्रिया गरेको घाउ पाक्न सक्छ,

–आमा र शिशूलाई संक्रमण हुने जोखिम हुन्छ ।

–प्रसव पीडाको कारण आमाको ज्यान जोखिममा परेको अवस्थामा ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : ५४ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच