औषधीय गुण भएको बेलको रस, बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्थामा | Khabarhub Khabarhub

औषधीय गुण भएको बेलको रस, बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्थामा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– बेल आफैंमा एक औषधीय गुण भएको फल हो । मधुमेह, र मुटु रोगीका लागि बेलको रस (जुस) निकै उपयोगी मानिन्छ ।

बेलको रसले पखाला, आउँ, ग्यास्ट्रिक, कब्जियत हुनबाट समेत बचाउनुका साथै रोग प्रतिरोधात्मक शक्ति बढाउने चिकित्सकहरु नै बताउँछन् ।

तर, कैलालीमा सञ्चालित बेलको रस (जुस) उत्पादन गर्ने उद्योग भने उत्पादित रस बिक्री नभएर बन्द हुने अवस्थामा पुगेको छ ।

बजारमा बेलको जुसको माग बढ्दै गएपछि कैलालीको भजनी नगरपालिका–१ मा उक्त उद्योग सञ्चालनमा ल्याइएको थियो ।

वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले २०७१ सालमा सञ्चालनमा ल्याएको सो उद्योगले उत्पादन गरेको बेलको रस अहिले भने बिक्री हुन छाडेको छ ।

दुई वर्षअघिसम्म काठमाडौंका ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल रस यतिबेला भने स्थानीय बजारमा समेत बिक्री हुन छोडेको उद्योगका कर्मचारीको भनाइ छ ।

बेल रसले केही वर्ष नेपालगञ्ज, धनगढी, कोहलपुरका साथै भजनी आसपासका टीकापुर, लम्की, सुखड लगायतका स्थानीय बजारमा समेत राम्रो पहुँच पाएको थियो । अहिले स्थानीय बजारमा समेत बेल रस भेटिन मुस्किल छ ।

उपभोक्ताले स्वदेशी उत्पादनभन्दा बाह्य कुरालाई उपभोग गर्ने गरेका कारण बेल रसको बजार खुम्चिएको वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर शाहको भनाइ छ ।

‘धेरैले बेल रसको महत्व नै बुझेका छैनन्,’ शाह भन्छन्, ‘जब महत्व नै बुझेनन् भने बजारमा बिक्री हुने कुरै भएन ।’
अचेल औषधिका रुपमा प्रयोग गर्ने केही सीमित व्यक्तिहरुले मात्रै बेल रस उपभोग गर्दै आएका अध्यक्ष शाहले बताए । उनीहरु उद्योगमै पुगेर आवश्यकताअनुसार खरीद गरेर लैजाने गर्छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ४२ बजे

म्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम

लगानीसम्बद्ध एकीकृत निकाय, लगानी दशक र स्थानीय उत्पादन अभिवृद्धि माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले आ.व. २०८२/८३ को बजेटमा