कराते टोली चेक रिपब्लिक प्रस्थान « Khabarhub

कराते टोली चेक रिपब्लिक प्रस्थान


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली बुधबार चेक रिपब्लिक प्रस्थान गरेको छ ।

जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् ।

उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ । क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्ने छन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जाँदैछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ४० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले