वार्नरको शतकमा अस्ट्रेलियाद्वारा पाकिस्तानलाई ३०८ रनको लक्ष्य « Khabarhub

वार्नरको शतकमा अस्ट्रेलियाद्वारा पाकिस्तानलाई ३०८ रनको लक्ष्य


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ ।

काउन्टी ग्राउण्डमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभर खेलेर सबै विकेट गुमाउँदै ३ सय ७ रन बनाएको हो । पाकिस्तानविरुद्ध अस्ट्रेलियाले उत्कृष्ट शुरुवात गरेको थियो ।

तर, पछि लगातार विकेट जाँदा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध ३ सय ८ रनको लक्ष्य दिएको हो । ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर र आरोन फिन्चले १ सय४२ रनको उत्कृष्ट ब्याटिङ इनिङ्स खेलेका थिए । जसमा वार्नरले शतक पुरा गरे । उनले १ सय ११ बल खेल्दै १ सय ७ रन बनाए भने कप्तान फिन्चले ८४ बलमा ८२ रन बनाए । यस्तै, साउन मार्सले २३ रन, ग्लेन म्याक्सवेल र एलेक्स क्रेयले समान २०–२० रन बनाए ।

अस्ट्रेलियाविरुद्ध पाकिस्तानले ओपनिङ ब्याटिङ साझेदारी तोड्न समय लागे पनि मध्येक्रममा भने राम्रो कम ब्याक गरेको थियो । जसमा पाकिस्तानका मोहम्मद आमिरले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभर बलिङ गरेर ३० रन खर्चिदै ५ विकेट लिएका हुन् । यस्तै, पाकिस्तानका लागि साहेन अफ्रिदीले २ विकेट लिँदा हसन अलि, वाहब रिआज र मोहम्मद अफेजले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : १० बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने