भारतीय चन्द्रअभियान ‘चन्द्रयान–२’ सार्वजनिक « Khabarhub

भारतीय चन्द्रअभियान ‘चन्द्रयान–२’ सार्वजनिक


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– आगामी सेप्टेम्बरमा चन्द्रमामा अवतरण गर्ने लक्ष्य लिइएको चन्द्रयान–२ नामक भारतीय अन्तरिक्षयान सार्वजनिक गरिएको छ ।

भरतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इस्रोले चन्द्रयान–२ नामक अभियानमा प्रयोग हुने अन्तरिक्षयान सार्वजनिक गरेको हो । चन्द्रयान आगामी शनिबार दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यस्थित श्रीहरिकोटा अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण हुने र आगामी सेप्टेम्बर ६ मा चन्द्रमामा पुग्ने लक्ष्य राखिएको छ ।

यो अभियान सफल भए भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो मुलुक बन्नेछ । यसअघि रुस, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्ना अभियानको सफल अवतरण गरेका थिए । हालै इजरायलले चन्द्र अभियानको अवतरण प्रयास असफल भएको थियो ।

अवतरित यानले यसअघि अनुसन्धान नगरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर अनुसन्धान गर्ने इस्रोले जनाएको छ । यसले चन्द्रमामा पृथ्वीको १४ दिन बिताउने जनाइएको छ ।

भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ नामक आफ्नो पहिलो चन्द्र अभियान प्रक्षेपण गरेको थियो । चन्द्रमाको परिक्रमा गरी अनुसन्धान गर्ने गरी प्रक्षेपण गरिएको उक्त अभियानसँग ग्राउण्ड स्टेशनको सम्पर्क ३ सय १२ दिन पछि टुटेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ९ : १९ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०