प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य « Khabarhub

प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निर्वाचन आयोगले थाइल्याण्डकी राजकुमारी  उबोल्राताना माहिडोलको प्रधानमन्त्रीको उम्मेदवारी अयोग्य ठहर गरेकाे छ ।

थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आफ्नी दिदीले आउँदो चुनावमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने जनाएपछि त्यसको भर्त्सना गरेका थिए । राजाको असन्तुष्टिपछि थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारीलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । राजाको असन्तुष्टिपछि राजकुमारी प्रधानमन्त्री बन्ने धोको अधुरै रहने भएको छ ।

राजकुमारीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेको पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले  पनि अब उनलाई उम्मेदवार नबनाउने निर्णय गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । थाइल्याण्डमा आउँदो मार्चमा चुनाव हुँदैछ ।

यसअघि ६७ वर्षकी उबोल्रातानालाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो । राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले उल्लेख गरेका थिए । राजाले दिदीको कदमले देशको सँस्कृतिको अवमूल्यन हुने बताएपछि निर्वाचन आयोगले पनि राजकुमारीकाे उम्मदवारीको कदम अयोग्य सावित गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ३३ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा